४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्दिकले विश्वकपका बाँकी खेलहरु गुमाउने, उनको स्थानमा भारतले कसलाई ल्यायो ?



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ मा भारतीय टोलीलाई ठूलो झट्का लागेको छ । भारतीय टिमका स्टार अलराउन्डर हार्दिक पाण्ड्या चोटका कारण विश्वकप २०२३ बाट बाहिरिएका छन् ।

उनको स्थानमा प्रसिद्ध कृष्णलाई भारतीय टोलीमा समावेश गरिएको छ । विश्वकपबाट बाहिरिएपछि स्टार अलराउन्डर हार्दिक पाण्ड्याको पहिलो प्रतिक्रिया सार्वजनिक भएको छ । हार्दिकले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट सेयर गर्दै आफ्नो भावना व्यक्त गरेका छन् ।

टीम इण्डियाका स्टार अलराउन्डर हार्दिक पाण्ड्याले आफ्नो आधिकारिक इन्स्टाग्राम खातामा एक पोस्ट सेयर गरेका छन् र लेखेका छन् – म विश्वकपका बाँकी खेलहरूबाट बाहिर भएको तथ्यलाई पचाउन गाह्रो भएको छ । म पूर्ण जोशका साथ टोलीसँग हुनेछु र प्रत्येक खेलको प्रत्येक बलमा टोलीलाई समर्थन गर्नेछु । सबैको शुभकामना, माया र साथको लागि मेरो हृदयदेखि नै धन्यवाद । हाम्रो टोली विशेष छ र म विश्वस्त छु कि हामी सबैलाई गर्व गर्नेछौं ।’

बंगलादेश विरुद्धको खेलमा हार्दिक पाण्ड्या आफ्नो पहिलो ओभर बलिङ गर्दा घाइते भएका थिए । उक्त खेलमा उनले ३ बल मात्र बलिङ गर्न सकेका थिए । हार्दिकले ४ रन जोगाउन खुट्टाले बल रोक्न खोजेका थिए तर त्यही क्रममा बायाँ खुट्टामा चोट लागेपछि उनले खेल छाड्नुपरेको थियो ।