४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पः खोज तथा उद्धार जारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली सेनाले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा खटिएको सेनाको फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार जारी राखेको जनाएको छ । परिचालित फौजले मृतकको शव तथा घाइतेहरुको उद्धार गरी अस्पताल पठाउने काम गरिरहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

गए राति ११ः४७ बजे जाजरकोटको बारिकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु बनाएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गए लगत्तै प्रभावित इलाकामा नेपाली सेनाको खोज तथा उद्धार टोली परिचालन भएको प्रवक्ता भण्डारीको भनाइ छ ।

काठमाडौँ, सुर्खेत र नेपालगञ्जमा डा अधिकृत र स्वास्थ्य सामग्रीसहितको टोली थप उद्धार लागि ‘स्ट्याण्डबाइ’ राखिएको र घाइतेको थप उपचारका लागि सैनिक अस्पताल नेपालगञ्ज र बीरेन्द्र अस्पताल छाउनीमा डा अधिकृतको टोली तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि एनए–०५७ एमआई हेलिकप्टोरमार्फत काठमाडौँबाट चौरजहारीमा तीन जना डाक्टरसहित १६ जना, एनए–०१६०६४ स्काइ ट्रकमार्फत काठमाडौँबाट चौरजहारीमा १६ जना, एनए–०६१ बेल हेलिकोप्टरमार्फत सुर्खेत लामिडाँडामा तीन जना र एनए–०३८ एमआई हेलिकोप्टरमार्फत काठमाडौँबाट चौरजहारीमा २६ जना मेडिकल टिमसहितका फौज परिचालन गरिएको नेपाली सेनाले जनाएको छ ।