२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल परिसङ्घ युएनसीडीएफको ‘वेब प्लेटफर्म’मा आबद्ध



अ+ अ-

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घ पूँजी विकास कोष (युएनसीडीएफ) को ‘अगोरा’ वेब प्लेटफर्ममा नेपाल उद्योग परिसङ्घ (सिएनआइ) आवद्ध भएको छ । लगानी तथा व्यापार अभिवृद्धिमा सहयोग गर्न सो प्लेटफर्म मा खडा गरिएको हो ।

परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र यूएनसीडीएफका उपकार्यकारी सचिव जेभियर मिचोनले अगोरा प्लेटफर्म सञ्चालन तथा आबद्धतासम्बन्धी समझदारीपत्र आज आदानप्रदान गर्नुभयो । अगोरा प्लेटफर्ममा आवद्ध भएको नेपाल उद्योग परिसङ्घ नेपालको पहिलो संस्था हो ।

आगामी दिनमा परिसङ्घले नेपाली उद्योगहरूको लागि लगानी प्रवद्र्धनलाई बढावा दिन अगोरा प्लेटफर्मलाई अगाडि बढाउनेछ । उत्पादन तथा सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्था परिसङ्घले अगोराको घरेलु परिनियोजनको निरीक्षण गर्नेछ । नेपालका उद्यमी एवं व्यवसायीहरूलाई उद्यमशिलताको विकासका लागि आवश्यक पर्ने वित्तियसहित विशेषज्ञता आवश्यकताको आधारमा दिइनेछ ।

परिसङ्घका अध्यक्ष अग्रवालले युएनसीडीएफसँगको सहकार्यबाट नेपालमा लगानीको परिदृश्यलाई रूपान्तरण गर्न अगोरा प्लेटफर्म महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । यूएनसीडीएफका उपकार्यकारी सचिव मिचोनले परिसङ्घसँगको अर्थपूर्ण सहकार्य र साझेदारीले नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न सहयोग हुने बताउनुभयो ।रासस