२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०१४ को विश्वकप हेरेर हुर्किएको म यस पटक आफैँ खेल्न पाउनु भाग्यमानी – रोहित



अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को ट्वान्टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताएका छन् ।

शुक्रवार मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले हराउँदै जारी आइसिसी विश्वकप छनोट (एसिया क्वालिफायर) को फाइलनमा यात्रा तय गरेसँगै नेपाल सन् २०१४ पछि पहिलो पटक ट्वान्टी–२० विश्वकपमा स्थान बनायो । त्यो सफलतापछि कप्तान रोहितले सोमपाल कामी र विनोद भण्डारीबाहेक सबै सन् २०१४ कै विश्वकप हेरेर नै हुर्किएको उल्लेख गर्दै यस पटक आफैँ विश्वकप खेल्न पाउनु भाग्यमानी महशुस भएको बताए ।

टस हारेपछि डर लागे पनि बलिङमा सबैले राम्रो योगदान दिएको उल्लेख गर्नुभयो । युएईको महत्वपूर्ण ब्याटर मोहम्मद वासिमलाई छिटै आउट गर्ने योजना रहेको र सोहीअनुरूप सोमपालले उनलाई पवेलियन फर्काउन सक्नु ठूलो सफलता रहेको धारणा राखे । त्यसपछि सन्दीप लामिछाने, कुशल मल्ल र गुल्सन झाले बलिङमा राम्रो योगदान दिएपछि युएईलाई कम योगफलमा रोक्नु पनि अर्को महत्वपूर्ण पक्ष रहेको बताए ।

ब्याटिङमा पनि कुशल भुर्तेलले राम्रो शुरुवात दिलाउनु र आसिफ शेखले लामो इनिङसम्म उत्कृष्ट रहेको कप्तान रोहित बताए । दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न लागेका नेपालका एक मात्र खेलाडी सोमपालले पछिल्लो संस्करणभन्दा यस पटक धेरै उत्साहित रहेको धारणा राखे । जसरी पनि ट्वान्टी–२० विश्वकप खेल्नुपर्छ भन्ने आफूहरूको लक्ष्य पूरा भएको पनि उनले बताए ।

ओपनर आसिफ शेखले विश्वकप खेल्न लक्ष्य पूरा गरेको बताए । उनले ठूलो खेलमा केही गर्छु भन्ने रहेको र त्यसैले अन्तिमसम्म इनिङ खेल्छु भन्ने योजना अनुरूप सफल भएको बताए । साथै नेपालका बलरले युएईलाई थोरै योगफलमा रोक्नु पनि जितको महत्वपूर्ण पक्ष रहेको उल्लेख गरे । प्रशिक्षक मोन्टी देसाईले टिमलाई एक बनाएर अगाडि बढाएको उल्लेख गर्दै आसिफले यो सफलताको श्रेय प्रशिक्षकलाई दिए ।




भर्खरै