• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवा संघद्वारा प्रधानमन्त्री दाहालको राजीनामा माग – फोटोफिचर



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) मा आवद्ध राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालका नेता, कार्यकर्ताले शुक्रवार काठमाडौंमा विरोध प्रर्दशन गर्दै रिगल भनिने गुण्डा नाईके योगराज ढकाललाई आममाफी दिने निर्णय बदर गर्न सर्वोच्च अदालतले आदेश दिएकाले नैतिकताको आधारमा प्रधानमन्त्री दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजीनामा दिनुपर्ने बताएका हुन् ।

काठमाडौंको बिजुलीबजारबाट नयाँ बानेश्वर चोकसम्म विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै संघका अध्यक्ष क्षितिज थेवेले जघन्य अपराधका घटनामा संलग्नलाई आममाफी दिने प्रधानमन्त्री, गृहमन्त्री र कानूनमन्त्रीले राजीनामा दिनुपर्ने बताउनु भयो । उहाँले सामाजिक सदभाव कायम गर्न हिँडेका आफ्ना संगठनका नेता, कार्यकर्तालाई नियन्त्रणमा लिने काम नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

अध्यक्ष थेवेले भन्नुभयो, ‘आज सर्वोच्चले फैसला गरेर त्यो आममाफी लगत थियो भनेर उनलाई तत्काल नियन्त्रण गर भनेपनि आज कानूनमन्त्रीले, आज गृहमन्त्रीेले, प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिने कि नदिने ? हाम्रो प्रश्न यो हो । अनि, आज सुशासन कायम गर्ने भन्ने सामाजिक सुशासनका लागि हिँडेका युवाहरुलाई दिनदहाडै नियन्त्रण गरिन्छ, गुण्डागर्र्दीलाई प्रश्रय दिइन्छ । अराजकता र अवसरवादलाई प्रश्रय दिईन्छ । सामाजिक अराजकतालाई प्रश्रय दिइन्छ । हत्याराहरुलाई प्रश्रय दिइन्छ ।’

प्रदर्शनकारीहरुले सरकारले तस्करी, अराजकता र अवसरवादलाई प्रश्रय दिने काम गरेको भन्दै नाराबाजी गरेका थिए ।