६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीले भेटिन् एमाले अध्यक्ष ओलीलाई



अ+ अ-

काठमाडौँ । नेपालगञ्जमा हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नु भएको छ ।

आफ्नो न्यायको लडाइँमा साथ दिएको भन्दै आज शुक्रबार बिहान शेर्पा ओलीलाई धन्यवाद दिन बालकोट पुग्नुभएको हो । भारतीले न्यायको पक्षमा उभिएर आफूलाई सहयोग गरेको भन्दै अध्यक्ष ओलीलाई धन्यवाद दिनुभएको थियो ।

सर्वोच्च अदालतले चेतन मानन्धरको हत्यामा संलग्न प्रमाणित भएपछि जन्मकैदको सजाय पाएका गुन्डा नाइके योगराज ढकाल रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिने गरी गरेको निर्णय बिहीबार बदर गरेको थियो । निर्णय बदर गर्ने बित्तिकै प्रहरीले रिगललाई नेपालगञ्जबाट पक्राउ गरिसकेको छ ।

अध्यक्ष ओलीसँगको भेटका क्रममा भारतीले न्यायको लडाइँमा साथ दिएकोमा धन्यवाद दिनुभएको थियो । अध्यक्ष ओलीले पनि सत्यको जीत भएको बताउनुभएको थियो ।

अध्यक्ष ओलीले भारतीलाई स्वास्थ्यको ख्याल राख्न सुझाव दिनुभएको थियो । उहाँले भारतीलाई राम्रो उपचार गराउन पनि आग्रह गर्नुभयो ।