१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफन्तको घरमा भेटिए विक्षिप्त भई भागेका दीपक



अ+ अ-

मुगु । परिवारका चारजनाको हत्यापछि विक्षिप्त बनेर अस्पतालबाटै बेपत्ता भएका दीपक बोहरा आफन्तको घरमा भेटिएका छन् । घरका चारजना सदस्यको सामूहिक हत्या भएको खबर पाएपछि वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका दीपक काम छाडेर नेपाल फर्किएका थिए ।

मानसिक रूपमा विक्षिप्त भएपछि कुनै अप्रिय घटना नघटोस् र होस सन्तुलनमा रही रहोस् भनेर दीपकलाई प्रहरीले निगरानी गर्दै उनका कान्छा ससुरा खेमबहादुर रावलको जिम्मा लगाएको थियो । दीपकले हत्या गरिएकी श्रीमती र तीन छोराछोरीको शव परीक्षण सकिए पनि हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिँदै आएका थिए ।

दीपक बिहीबार राति ८ बजे छायानाथ रारा नगरपालिका–४ भामवाडा गाउँमा एक आफन्तको घरमा भेटिएका हुन् । उनी अहिले प्रहरी र नगर प्रहरीको निगरानीमा नगरप्रमुख विष्णुकुमार भामसँग रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

मुगुस्थित छायानाथ रारा–६ मन्दु गाउँमा २८ वर्षीया श्रीमती श्रीदेवी बोहरा, ११ वर्षीया छोरा मनोज बोहरा, आठ वर्षीया छोरी अप्सरा बोहरा र आठ महिने छोरा रहर बोहराको हत्या भएको थियो ।

यही कात्तिक १० गते हत्या भएको सूचना पाउनेबित्तिकै प्रहरीको टोलीले घरभित्र खोजी गर्दा आमासहित तीन सन्तानको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रनाउ थापाका अनुसार कात्तिक १३ गते सोमबार चारै मृतकको शवपरीक्षण गर्ने कार्य सकिए पनि आफन्तले लास नबुझिदिँदा शवको दाहसंस्कार हुन सकेको छैन । जिल्ला अस्पतालको शवगृहमा शव राख्न चिस्यान नहुँदा शवहरु गल्दै गएका उहाँले जानकारी दिनुभयो । रासस