५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डलाई ठूलो झट्का, प्रभावशाली बलर हेनरी विश्वकपबाटै बाहिर



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को आधा यात्रा सकिएको छ । भारतीय टोली विश्वकप २०२३ को सेमिफाइनलमा प्रवेश गरिसकेको अवस्थामा अन्य टोलीबीच संघर्ष जारी छ । यसैबीच न्युजिल्यान्ड टोलीलाई ठूलो धक्का लागेको छ ।

न्युजिल्यान्डका तिब्र गतिका बलर म्याट हेनरी चोटका कारण पूरै प्रतियोगिताबाट बाहिरिएका छन् । दक्षिण अफ्रिकाविरुद्धको पछिल्लो खेलमा ह्यामस्ट्रिङमा चोटका कारण उनी घाइते भएका थिए ।

यसपछि उनलाई थप खेल्न असम्भव भएको हो । उनको स्थानमा घातक फास्ट बलर काइल जेमिसनलाई टोलीमा समावेश गरिएको छ ।

न्युजिल्यान्ड क्रिकेट टोलीले विश्वकप २२३ मा उत्कृष्ट सुरुवात गरेको थियो । टोलीले लगातार चार खेल जितेको थियो तर धर्मशालामा भारतसँगको हारपछि उनको फर्म खस्किएको छ । टोलीले लगातार तीन खेलमा हार बेहोरेको छ ।