४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमान विश्वकपमा छनोट



अ+ अ-

काठमाडौँ । ओमान सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ । आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बहराइलाई १० विकेटले पराजित गर्दै ओमान विश्वकपमा छनोट भएको हो ।

बहराइनले दिएको एक सय सात रनको लक्ष्य ओमानले १४ दशमलव एक ओभरमा पूरा ग¥यो । ओमानको जीतमा कश्यप प्रजापतिले सर्वाधिक ५७ रन बनाए । उनले ४४ बलमा दुई छक्का र छ चौका प्रहार गरे । साथै प्रतीक अथावेलले ४१ बलमा एक छक्का र चार चौकासहित ४८ रन बनाए ।

ओमानले फाइनल नेपाल र यूएईबीच अहिले भइरहेको खेलको विजेतासँग खेल्नेछ । फाइनलमा पुग्दै दुवै टोली विश्वकपमा छनोट हुनेछन् ।

यसअघि बहराइनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय छ रन मात्रै बनाउन सक्यो । उसका लागि इमरान अलीले ३०, अहमर बिन निसारले २६ र सर्फराज अलीले २३ रन बनाए । ओमानका लागि अक्वि इलायसले चार विकेट लिए भने सकिल अहमदले दुई विकेट लिए । साथै फयाज बट र जीसान मक्सुदले एकरएक विकेट लिए ।

जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल अहिले माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल र यूएईबीच जारी छ ।