• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो

झिनियाँ रोटीमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक



गलकोट । तिहारको समयमा बढी मात्रमा प्रयोगमा आउछ । रङ्गीचङ्गी झिनियाँमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक हुने सरोकारवालाहरुको चिन्ता छ । तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढी हुनेगर्दछ । तिहारका लागि झिनियाँ बनाउन यतिबेला घरेलु उद्यमीहरु निकै व्यस्त भएकाले रङ्ग प्रयोग नगर्न सरकोकारवालाले सचेत बनाएका छन् ।

रङ्ग नहाली झिनिया रोटी बनाउन र उपभोक्तालाई पनि रङ्ग नभएको झिनियाँ रोटी खरिद गर्न आग्रह गरिएको छ । तिहारमा मात्र होइन् पछिल्लो समय विवाह, व्रतबन्ध, पूजाआजा र कोसेलीको रुपमा पनि झिनियाँ अत्यधिक प्रयोग हुन थालेपनि रङ्ग मिसाएका झिनियाँ उत्पादन नगर्न प्रशासनले महिला उद्यमीलाई सचेत बनाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

उहाँले झिनियाँ उत्पादन गर्ने उद्यमीलाई रङ्ग प्रयोग नगरी झिनियाँ उत्पादन गर्न आग्रह गरिएको बताउँदै उपभोक्ताले समेत तिहारमा सेता झिनिया मात्रै खरिद गर्नेगरी सचेत रहनुपर्ने बताउनुभयो । रङ्गिन झिनियाँ खाँदा क्यान्सरजस्तो घातक रोग लाग्ने जोखिम हुने खाद्यप्रविधि गुण नियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बताउनुभयो ।

चाडपर्वको समयमा नेपालीहरुले मिष्ठान्न परिकार बढी बनाउने र त्यसमा अत्याधिक रङ्ग प्रयोग गर्ने गरेकाले यसले जोखिम निम्त्याउने उहाँले बताउनुभयो । “ जिल्लामा उत्पादन हुँदै आएको झिनियाँ रोटीमा अत्यधिक रङगको प्रयोग भएको देखिन्छ, हामीले रङ्ग मिसाएको खाद्य वस्तुलाई अखाद्य भन्दै आएका छौँं” प्रमुख श्रेष्ठले भन्नुभयो “रङ्ग राखेर बनाइएका र पछि तेलमा तारेर बनाइने खानेकुराले क्यान्सर निम्त्याउने पदार्थको विकास गर्छ, त्यसैले रङ्गिन झिनियाँको प्रयोग गर्न बन्द गर्नुपर्छ, उपभोक्तालाई समेत रङ्ग मिसाइएको झिनिया खरिद नगर्न हाम्रो आग्रह छ ।”तेलमा नतारिने खानेकुरामा निश्चित मात्रमा खाद्य रङ्ग प्रयोग गर्न सकिने भए पनि तेलमा तारेको वस्तुमा रङ्ग मिसाउदा क्यान्सरको जोखिम बढाउने छ ।

एक केजी खाद्यपदार्थमा शुन्ना दशमलव दुईग्राम भन्दा बढी रङ्ग प्रयोग गर्न नमिल्ने कानुनी व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । उपभोक्तामा रङ्गिन झिनियाँका कारण क्यान्सर रोगको जोखिम हुन्छ भन्ने चेतना फैलाउन नसक्दा यस्को उत्पादन र बिक्री वितरण रोक्न नसकिएको प्रमुख श्रेष्ठको भनाइ थियो । उपभोक्ताले भने सेतो झिनियाँ खरिद गर्न नमान्ने भएकाले सामान्य रङ्ग मिसाएर झिनियाँ बनाउँदै आएको बागलुङ नगरपालिका–१ रामरेखाका झिनियाँ व्यवसायी शर्मिला श्रेष्ठले बताउनुभयो । उहाँले खाद्यप्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयले भनेअनुसार रङ्ग प्रयोग गर्ने गरेको जानकारी दिनुभयो ।

रङ्ग प्रयोग गरिएको भन्दै स्थानीय घरेलु उत्पादनको रुपमा चलिरहेका झिनियाँ रोटीका उद्योगलाई बन्द गर्दा सयौँको रोजिरोटी गुम्ने भएकाले विस्तारै रङ्गको प्रयोग घटाउँदै लैजाने गरी उत्पादनकर्तालाई सचेत बनाउँदै लगिने बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । रासस