२२ असार २०८३, सोमबार
,
Latest
झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’ धुलिखेल–खावा सडकखण्डः रातका समयमा बन्द नगरिने खाद्य स्वच्छता र गुणस्तर पालना गर्न व्यवसायीलाई विभागको निर्देशन सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन ललितपुरमा युवतीमाथि सार्वजनिक रूपमा अश्लील हर्कत, पीडितकै भिडिओपछि आरोपीको खोजीमा प्रहरी सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति प्रक्रियाका बाँकी काम पीडित केन्द्रित भएर टुंगो लगाउनुपर्छः ओली



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रित भएर टुंगो लगाउनुपर्ने बताउनुभएको छ ।

बुधवार चाडपर्वको अवसर पारेर पार्टीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीमाझ उहाँले पीडितलाई न्याय दिएर शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउनुपर्ने बताउनुभएको हो । अध्यक्ष ओलीले शान्ति प्रक्रियाका बाँकी काम दलहरुले सहमतिका साथ टुंग्याउनुपर्ने पनि बताउनु भयो । सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्को सुझावलाई शान्ति प्रक्रिया टुंगो लगाउँदा ध्यान दिनुपर्ने उहाँको भनाई थियो । अध्यक्ष ओलीले शान्ति प्रक्रियाको टुंगो लगाउने काममा ढिलाई भएको स्वीकार गर्दै अब ढिलाई गर्न नहुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियाको बाँकि काम टुंग्याउनु पर्छ । एकदम राम्ररी टुंग्याउनु पर्दछ । सहमतीका साथ टुंग्याउनु पर्छ । र भिक्टिम सेन्ट्रिक भएर टुंग्याउनु पर्छ । सर्वोच्च अदालतको आदेशलाई पनि मानेर टुंग्याउनु पर्छ । अनि, अन्तर्राष्ट्रिय समूदाय, खासगरी विश्व मानव अधिकार काउन्सिलले हामीलाई केही कुराहरु भनेको छ । ती कुराहरुलाई पनि ध्यान दिनुपर्छ । र, खासगरी पीडितलाई न्याय दिएर पीडित केन्द्रित भएर यो समस्या समाधान गर्नुपर्छ । हामीले यो भन्दा पहिले नै टुंगाई सक्नु पर्दथ्यो । त्यसमा मिष्टेक भएको छ ।’

त्यस अवसरमा अध्यक्ष ओलीले दशैँ तिहार, छठसहितका पर्वको सबैमा शुभकामना पनि व्यक्त गर्नुभयो ।