२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति प्रक्रियाका बाँकी काम पीडित केन्द्रित भएर टुंगो लगाउनुपर्छः ओली



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रित भएर टुंगो लगाउनुपर्ने बताउनुभएको छ ।

बुधवार चाडपर्वको अवसर पारेर पार्टीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीमाझ उहाँले पीडितलाई न्याय दिएर शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउनुपर्ने बताउनुभएको हो । अध्यक्ष ओलीले शान्ति प्रक्रियाका बाँकी काम दलहरुले सहमतिका साथ टुंग्याउनुपर्ने पनि बताउनु भयो । सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्को सुझावलाई शान्ति प्रक्रिया टुंगो लगाउँदा ध्यान दिनुपर्ने उहाँको भनाई थियो । अध्यक्ष ओलीले शान्ति प्रक्रियाको टुंगो लगाउने काममा ढिलाई भएको स्वीकार गर्दै अब ढिलाई गर्न नहुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियाको बाँकि काम टुंग्याउनु पर्छ । एकदम राम्ररी टुंग्याउनु पर्दछ । सहमतीका साथ टुंग्याउनु पर्छ । र भिक्टिम सेन्ट्रिक भएर टुंग्याउनु पर्छ । सर्वोच्च अदालतको आदेशलाई पनि मानेर टुंग्याउनु पर्छ । अनि, अन्तर्राष्ट्रिय समूदाय, खासगरी विश्व मानव अधिकार काउन्सिलले हामीलाई केही कुराहरु भनेको छ । ती कुराहरुलाई पनि ध्यान दिनुपर्छ । र, खासगरी पीडितलाई न्याय दिएर पीडित केन्द्रित भएर यो समस्या समाधान गर्नुपर्छ । हामीले यो भन्दा पहिले नै टुंगाई सक्नु पर्दथ्यो । त्यसमा मिष्टेक भएको छ ।’

त्यस अवसरमा अध्यक्ष ओलीले दशैँ तिहार, छठसहितका पर्वको सबैमा शुभकामना पनि व्यक्त गर्नुभयो ।