५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद टुङ्ग्याइने



photo: rss
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पुर्याइने बताउनुभएको छ ।

नेकपा (एमाले)ले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मी प्रधानमन्त्रीले उक्त विषयमा प्रमुख दलका नेताहरुसँगको छलफल सकारात्मकरुपमा अघि बढेको जानकारी दिनुभयो ।

आज एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफूले छलफल गरेको र छलफल सकारात्मक रहेको आफूले महसुस गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्याय टुङ्गोमा पु¥याउन आफूहरु स्पष्ट रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरुले मुलुकको विद्यमान अवस्थाप्रति गम्भीर भएर कार्यसूचीका आधारमा एक ठाउँमा बसेर छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले सबैको लक्ष्य मुलुकको समृद्धि भएकाले साझा चासोको विषयमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति देउवा, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (माले) का महासचिव सिपी मैनाली, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायत समाजका प्रतिष्ठित व्यक्तिको सहभागिता थियो । रासस