१ पुष २०८२, मंगलवार
,
Latest
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यकुमार यादवले रिपोर्टर बनेर मुम्बईमा फ्यानहरूलाई झुक्याएपछि…



अ+ अ-

एजेन्सी । टीम इन्डियाका मिडल अर्डर ब्याट्सम्यान सूर्यकुमार यादवले बुधबार मुम्बईको मरिन ड्राइभमा एक रिपोर्टरको रूपमा प्रस्तुत हुँर्द प्रशंसकहरूको प्रश्नको जवाफ दिए ।

यस क्रममा सूर्यले अनुहारमा मास्क लगाएका थिए । उनको हातमा क्यामेरा पनि थियो । सूर्यले मानिसहरूसँग कुरा गर्छन्, तर उनलाई कसैले चिन्न सक्दैनन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यो रमाइलो भिडियो सेयर गरेको छ ।

बीसीसीआईले सेयर गरेको भिडियोमा सूर्य मास्क र चश्मा लगाएर कोठाबाट बाहिर निस्किए र रविन्द्र जडेजाले पनि उनलाई चिन्न सकेनन् । यसपछि सूर्यले आफू मरिन ड्राइभ जाँदै गरेको बताउँछन् । जडेजाले उनलाई कसैले चिन्न नसक्ने बताउँछन् ।

होटलबाट बाहिरिएपछि सूर्य मरिन ड्राइभमा गएर मुम्बई र विश्वकपका बारेमा फ्यानहरूबाट प्रश्न र जवाफ सोध्छन् । यस अवधिमा उनलाई कसैले चिन्न सक्दैनन् ।

भारतले भोलि अर्थात् नोभेम्बर २ मा मुम्बईको वानखेडे स्टेडियममा श्रीलंकासँग खेल्नेछ । भारतीय टोली अंक तालिकाको शीर्ष स्थानमा छ । ६ मध्ये सबै ६ खेल जितेर भारतको १२ अंक छ ।

भारतीय टोलीले अझै ३ खेल खेल्न बाँकी छ । दक्षिण अफ्रिका तालिकाको दोस्रो स्थानमा छ । ६ मध्ये ५ जित्दै दक्षिण अफ्रिकाको १० अंक छ । उसको पनि ३ खेल बाँकी छ ।