२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली सेनासँगको भिडन्तमा ४ प्यालेस्टाइनीको मृत्यु



अ+ अ-

एजेन्सी । वेस्ट बैंकको जेनिन शहरमा भएको इजरायली सेनासँगको आक्रमणमा ४ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायली सेनाले चलाएको गोली लागेर ४ जनाको मृत्यु भएको हो । साथै अन्य ६ जना घाइते भएको बताइएको छ । झडपले शरणार्थी शिविरको पूर्वाधारमा ठूलो क्षति पुगेको छ । क्याम्पमा प्यालेस्टाइनी लडाकु र इजरायली सेनाबीच झडप भएको थियो ।

मारिएकामध्ये एक जना इस्लामिक जिहाद अफसुट जेनिन बिग्रेडका संस्थापक २७ वार्षीय वाम इयाद हानौन रहेको बताइएको छ ।