• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

बंगलादेशविरुद्धको खेलमा शाहिन अफ्रिदीले बनाए यस्तो कीर्तिमान



एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को ३१ औँ खेल पाकिस्तान र बंगलादेशबीच हुँदैछ । उक्त खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । टस जितेर ब्याटिङ गरेको बंगलादेशको सुरुवात निकै खराब रह्यो । टोलीलाई पहिलो ओभरमै झट्का लाग्यो ।

पाकिस्तानी टिमका तिब्र गतिका बलर शाहिन शाह अफ्रिदीले बंगलादेशका ओपनर तान्जिदलाई एलबीडब्ल्यू आउट गरेका थिए । खेलमा पहिलो विकेट लिएर शाहिन शाह अफ्रिदीले इतिहास रचे ।

कोलकाताको इडेन गार्डेन मैदानमा बंगलादेशविरुद्ध खेलिरहेको खेलमा पाकिस्तानी टिमका फास्ट बलर शाहिन अफ्रिदीले १ विकेट लिएर कीर्तिमान बनाएका हुन् । बंगलादेशको इनिङ्सको पहिलो ओभरमा शाहिन अफ्रिदीले एक विकेट लिएर एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान पूरा गरेका छन् ।

उनले इनिङ्सको पहिलो ओभरको पाँचौं बलमा यो उपलब्धि हासिल गरेका हुन् । अफ्रिदीले आफ्नो ५१ खेलमा यो ठूलो उपलब्धि हासिल गरेका छन् । यसअघि सन्दीप लामिछानेले ४१औँ एकदिवसीय खेलमा सय विकेट लिएका थिए भने राशिद खानले ४२औँ खेलको इनिङ्समा यो उपलब्धि हासिल गरेका थिए । यसै क्रममा शाहिन अफ्रिदीले ५२औं खेलमा यो कीर्तिमान गरेका मिचेल स्टार्कको कीर्तिमान तोडे ।

एकदिवसीय खेलमा छिटो १०० विकेट लिने बलर:
सन्दीप लामिछाने – ४२ खेल
राशिद खान – ४४ खेल
शाहिन अफ्रिदी– ५१ खेल
मिचेल स्टार्क – ५२ खेल
सकलेन मुश्ताक – ५३ खेल