१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन लुम्बिनीबाट गुटेरेसको आग्रह



अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गर्नुभएको छ ।

मंगलबार बिहान गौतमबुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि पुग्नु भएका महासचिव गुटेरेसले युद्धग्रस्त मुलुकहरूलाई शान्तिको मार्गमा लाग्न आग्रह गर्नुभएको हो ।

महासचिव गुटेरेसले संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनीको पवित्र उद्यान अत्यन्त महत्वपूर्ण भएको बताउनु भयो । उहाँले भगवान गौतमबुद्ध जन्मिएको ठाउँ लुम्बिनीमा उभिएर विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई अत्यन्त खुसी लागेको बताउनु भयो ।

उहाँले अहिले युक्रेन, रसिया, इसरायल, प्लानेस्टाइन जस्ता विभिन्न मुलुकहरूमा भइरहेको युद्धबाट सम्पूर्ण विश्व नै पीडित भइरहेकोले शान्ति स्थापनाका लागि लाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।

तस्बिर : भरत केसी/रासस