४ भाद्र २०८३, बिहीबार
,
Latest
हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप: पाकिस्तान र बंगलादेश भिड्दै



पाकिस्तानी बलर शाहिन अफ्रिदी
अ+ अ-

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको ३१ औँ खेलमा आज पाकिस्तान र बंगलादेश भिड्दै छन् । कोलकातास्थित इडेन गार्डेन स्टेडियममा हुन लागेको खेल नेपाली समय अनुसार दिउँसोको २:१५ बजेबाट सुरु हुनेछ ।

निराशाजनक प्रदर्शन गरिरहेका यी दुवै टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना निकै कम रहेको छ । ६ खेल खेलिएकोमा चार खेलमा हार र दुईमा जितसहित पाकिस्तान अंकतालिकाको सातौँ स्थानमा छ । यता, बंगलादेश पनि खेलिएको ६ मध्ये एक खेलमा जित र पाँच खेलमा हारसहित तालिकाको नवौँ स्थानमा छ । आजको खेल जित्दै यि दुबै टोली आफ्नो अंकतालिकामा सुधार ल्याउन चाहन्छन् ।

हेड टु हेड
हालसम्म पाकिस्तान र बंगलादेशले ३८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । जसमा पाकिस्तान बलियो देखिएको छ । ३८ वटा एकदिवसीय खेलिएकोमा पाकिस्तानले ३३ वटा खेलमा जित हात पारेको भने पाँचवटा खेल बंगलादेशले जितेको छ ।

आईसीसी एकदिवसीय विश्वकपमा भने हालसम्म यी राष्ट्रबिच दुईवटा खेलमात्र खेलेका छन् । त्यसमध्ये एक खेलमा पाकिस्तान र एक खेलमा बंगलादेश विजयी भएका छन् ।

पाकिस्तानको सम्भावित प्लेईङ ११:

अब्दुल्ला शफिक, इमाम-उल-हक/फखार जमान, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकीपर), साउद शकील, इफ्तिखार अहमद, शादाब खान/उसामा मीर, मोहम्मद नवाज, शाहीन अफ्रिदी, मोहम्मद वसीम जुनियर, हरिस रउफ ।

बंगलादेशको सम्भावित प्लेईङ ११:

लिट्टन दास, तान्जिद हसन, नजमुल हुसेन शान्तो, शकिब अल हसन (कप्तान), मुशफिकुर रहिम (विकेटकीपर), महमुदुल्लाह, मेहदी हसन, महेदी हसन/नसुम अहमद, तस्किन अहमद, मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम ।