काठमाडौँ । जारी टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटमा ओपनर आसिफ शेखलाई गुमाएको हो । उनी २६ बलमा २ चौका र एक छक्कासहित २७ रन बनाएर आउट भए ।
पहिलो विकेटको लागि कुशल भुर्तेल र आसिफले ८४ रनको साझेदारी गरेका छन् । यसअघि भुर्तेलले अर्धशतक बनाईसकेका छन् । उनले २७ बलमा ६ चौका र २ छक्काको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका थिए । आसिफ आउट भएपछि तेस्रो स्थानमा कप्तान रोहित पौडेल आएका छन् ।
१४६ रनको लक्ष्य पछ्याएको नेपालले ताजा स्थितीमा १० ओभरमा एक विकेटको क्षतीमा ९४ रन बनाएको छ ।