१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापति शर्मा चीन प्रस्थान



अ+ अ-

काठमाडौं: प्रधान सेनापति प्रभुराम शर्मा चीनको औपचारिक भ्रमणको सिलसिलामा बेइजिङतर्फ प्रस्थान गर्नु भएको छ ।

चीन भ्रमणका क्रममा प्रधान सेनापति बेइजिङमा आयोजना हुने बेइजिङ सियानसेन फोरमको समुद्‍घाटन समारोहमा सहभागी हुनुहुने नेपाली सेनाले जनाएको छ । उहाँको चिनियाँ जनमुक्ति सेनाका प्रमुख एवं प्रधान सेनापति जनरल लिउ झेन्लीसँग शिष्टाचार भेटघाट हुनेछ ।

चीनमा रहँदा प्रधान सेनापतिले ग्रेटवाल लगायत बेइजिङस्थित महत्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमण गर्नुका साथै चीनका लागि नेपालका राजदूतले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रधान सेनापति शर्माले सियान सिटी, साघांई तथा ग्वान्झाओमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्‍न इकाई तथा शिक्षण संस्थाहरुको भ्रमण गरी कार्तिक १६ गते स्वदेश फिर्ता हुने सेनाको विज्ञप्तिमा उल्लेख छ ।

बेइजिङतर्फ प्रस्थान गर्नुअघि प्रधान सेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सिताराम खड्काले बिदाइ गर्नु भएको थियो । आजै प्रधान सेनापतिलाई सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

भ्रमणदलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी, प्रधान सेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत लगायतको सहभागिता रहेको छ ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सिताराम खड्काले कायममुकायम प्रधान सेनापति भई कार्यभार सम्हाल्नु हुने पनि नेपाली सेनाको भनाई छ ।

यसअघि प्रधान सेनापति शर्माले भारत र बेलायतको भ्रमण गर्नु भएको छ ।