१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापति शर्मा चीन प्रस्थान



अ+ अ-

काठमाडौं: प्रधान सेनापति प्रभुराम शर्मा चीनको औपचारिक भ्रमणको सिलसिलामा बेइजिङतर्फ प्रस्थान गर्नु भएको छ ।

चीन भ्रमणका क्रममा प्रधान सेनापति बेइजिङमा आयोजना हुने बेइजिङ सियानसेन फोरमको समुद्‍घाटन समारोहमा सहभागी हुनुहुने नेपाली सेनाले जनाएको छ । उहाँको चिनियाँ जनमुक्ति सेनाका प्रमुख एवं प्रधान सेनापति जनरल लिउ झेन्लीसँग शिष्टाचार भेटघाट हुनेछ ।

चीनमा रहँदा प्रधान सेनापतिले ग्रेटवाल लगायत बेइजिङस्थित महत्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमण गर्नुका साथै चीनका लागि नेपालका राजदूतले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रधान सेनापति शर्माले सियान सिटी, साघांई तथा ग्वान्झाओमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्‍न इकाई तथा शिक्षण संस्थाहरुको भ्रमण गरी कार्तिक १६ गते स्वदेश फिर्ता हुने सेनाको विज्ञप्तिमा उल्लेख छ ।

बेइजिङतर्फ प्रस्थान गर्नुअघि प्रधान सेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सिताराम खड्काले बिदाइ गर्नु भएको थियो । आजै प्रधान सेनापतिलाई सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

भ्रमणदलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी, प्रधान सेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत लगायतको सहभागिता रहेको छ ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सिताराम खड्काले कायममुकायम प्रधान सेनापति भई कार्यभार सम्हाल्नु हुने पनि नेपाली सेनाको भनाई छ ।

यसअघि प्रधान सेनापति शर्माले भारत र बेलायतको भ्रमण गर्नु भएको छ ।




भर्खरै