४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल एरिका ऐतिहासिक स्वर्णनजिक क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ मदन भण्डारी रूपान्तरण पुरस्कार रामकृष्ण दुवाललाई नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ली खछ्याङको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीबाट समवेदना व्यक्त



अ+ अ-

काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको असामायिक निधनको खबरले स्तब्ध भएको बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री खछ्याङको शुक्रबार मध्यराति ६८ वर्षको उमेरमा हृदयाघात भएर निधन भएको थियो ।

पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा लेख्दै भन्नु भएको छ, “म स्वर्गीय ली प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । चिनियाँ जनता, चीन सरकार तथा स्वर्गीय ली का परिवारका सदस्यमा गहिरो समवेदना प्रकट गर्दछु ।”

उहाँसँग भएका विभिन्न भेटघाटमा मैले उहाँलाई सधैं नेपालप्रति अत्यन्त सद्भाव राख्ने असल मित्रका रूपमा पाएको थिएँ भन्दै नेपाल चीन मैत्रीको विकासमा उहाँले खेल्नुभएको भूमिका सदैव स्मरणीय रहने छ भन्नु भएको छ ।