• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

आईसीसी विश्वकपः अष्ट्रेलिया र नेदरल्याण्ड्स भिड्दै



एजेन्सी । आईसीसी क्रिकेट विश्वकप २०२३ को २४ औँ खेलमा आज अष्ट्रेलिया र नेदरल्याण्ड्स भिड्दैछन् । नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार दिउँसोको २ः१५ बजेबाट सुरु हुनेछ ।

सुरुका दुई खेलमा हार बेहोर्दै खराब सुरुवात गरेको अस्ट्रेलियाले पछिल्लो दुई खेलको जितको लय कायम गरेको छ। अस्ट्रेलिया अंक तालिकाको चौथो स्थानमा रहेको छ । आजको खेलमा नेदरल्यान्ड्सलार्ई हराउदै सेमिफाइनलमा पुग्ने सम्भावनालाई थप सुधार गर्न चाहन्छ ।

यता, नेदरल्याण्ड एक जित र तीन पराजयका साथ सातौं स्थानमा छ । तेस्रो खेलमा दक्षिण अफ्रिकालाई ३८ रनले हराएको नेदरल्याण्ड्सले पहिलो, दोस्रो र चौथो खेलमा हार बेहोरेको थियो ।

आजको खेलमा अस्ट्रेलियाका ओपनर डेभिड वार्नर र मिचेल मार्शबाट सानदार ब्याटिङको अपेक्षा गरिएको छ । आफ्नो अघिल्लो खेलमा पाकिस्तानविरुद्ध वार्नरले १२४ बलमा १६३ र मार्सले १०८ बलमा १२१ रन बनाएका थिए। यसैबीच एडम जाम्पाले पनि राम्रो बलिङ प्रदर्शन गर्दै चार विकेट लिएका छन् ।

अस्ट्रेलिया विरुद्ध नेदरल्याण्ड्सः हेड-टू-हेड
दुवै टोलीले हालसम्म दुई वटा एकदिवसीय खेलमा आमनेसामने गरेका छन् । दुवैमा अस्ट्रेलियाले जित हात पारेको छ।

अष्ट्रेलियाका सम्भावित प्लेईङ ११
मिचेल मार्श, डेभिड वार्नर, स्टीभ स्मिथ, मार्नस लाबुसचेन, जोश इंग्लिस (विकेटकिपर), ग्लेन म्याक्सवेल, प्याट कमिन्स (कप्तान) , मार्कस स्टोइनिस, मिचेल स्टार्क, एडम जाम्पा र जोश हेजलवुड।

नेदरल्याण्ड्सका सम्भावित प्लेईङ ११
विक्रमजीत सिंह, मैक्स ओडाउड, कोलिन एकरम्यान, बास डे लीडे, साइब्रान्ड एंगेलब्रेच, तेजा निदामानुरु, स्कट एडवर्ड्स (कप्तान/विकेटकिपर), लोगान भ्यान बेक, रोइलोफ भ्यान डेर मर्वे, आर्यन दत्त र पल भ्यान मिकरेन।