२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलद्वारा नवकन्याकाे पूजा



अ+ अ-

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दशैको शुभ अवसरमा नवदुर्गाको अवतारस्वरुप महानवमीको दिन सोमबार शीतल निवासमा नव कन्याको पूजा गर्नुभएको छ ।

विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गर्नुभयो ।

दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले नवकन्याको पूजा प्रत्येक वर्ष गर्ने प्रचलन रहेको छ । दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।