२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना हुलाकमार्फत घरघरमै राहदानी फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी विश्वकप: न्युजील्यान्डविरुद्ध टस जितेर भारतले फिल्डिङ गर्दै



अ+ अ-

एजेन्सी । आईसीसी क्रिकेट विश्वकप २०२३ को २१ औँ खेलमा भारतले न्युजिल्यान्डविरुद्ध टस जितेको छ । धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा भएको टस जितेर कप्तान रोहित शर्माले पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् ।

सुरूदेखि नै दबाबमा परेको न्युजील्यान्डले  ३४ रन बनाउँदा २ विकेट गुमाइसकेको छ। न्युजील्यान्डका डेभोन कन्वे ० र विल योङ १७ रन बनाएर पवेलियन फर्किसकेका छन् ।

माेहम्मद सिराज र मोहम्मद शामीले समान एक एक विकेट लिएका छन् ।

न्युजिल्यान्डले साविक विजेता इंग्ल्याण्डलाई ९ विकेटले हराएर प्रतियोगिताको सुरुवात गरेको थियो । यस्तै, नेदरल्यान्ड्स ९९ रन, बंगलादेशलाई आठ विकेट र अफगानिस्तान १४९ रनले पराजित गरेको थियो । यता, भारतले पनि अस्ट्रेलियालाई ६ विकेटले, अफगानिस्तानलाई आठ विकेट, कट्टर प्रतिद्वन्द्वी पाकिस्तानलाई सात विकेट र बंगलादेशलाई सात विकेटले हराउदै विश्वकपमा अपराजित यात्रा गरेको छ ।

आजको खेल जित्दै न्युजिल्यान्ड र भारत दुबै आफ्नो अपराजित यात्रा कायम गर्न चाहन्छ ।

भारतका स्टार अलराउन्डर हार्दिक पाण्ड्या आजको खेलबत बाहिर भएका छन् । बिहीबार बंगलादेशविरुद्धको खेलमा बलिङ गर्दा दाहिने खुट्टामा चोट लागेपछि उनी आजको खेलबाट बाहिर भएका हुन् । भारतले उनको स्थानमा सूर्यकुमार यादवलाई मौका दिएको छ ।

भारत र न्युजिल्यान्डले हालसम्म १ सय १६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । जसमा भारतले ५८ खेल जितेको छ भने न्युजिल्यान्डले ५० खेल जितेको छ । सात खेल नतिजाविहीन र एउटा बराबरीमा सकिएको छ ।

भारतको प्लेईङ ११

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), रविन्द्र जडेजा, सूर्यकुमार यादव, मोहम्मद शामी, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराज ।

न्यूजिल्याण्डको प्लेईङ ११
डेभोन कोनवे, विल यंग, ​​ रचिन रविन्द्र, टम लाथम (कप्तान र विकेटकीपर), डेरिल मिचेल, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, मिचेल सान्टनर, म्याट हेनरी, लोकी फर्ग्युसन, ट्रेन्ट बोल्ट ।