काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षिया भाउजु विष्णुमाया पौडेलको हातबाट यसवर्षको विजया दशमीको टिका ग्रहण गर्नुहुने भएको छ ।
राष्ट्रपति पौडेलले विहान ११ वजेर २ मिनेट जाँदा भाउजु विष्णुमाया पौडेलको हातबाट टिका जमरा र आर्शिवाद लिनुहुने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलले भाउजुको हातबाट टिका जमरा र आर्शिवाद लिएपछि परिवारका सदस्यहरूलाई टिका लगाइदिने कार्यक्रम रहेको छ ।
यसैबीच राष्ट्रपति पौडेलले विजया दशमीको दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका दिने कार्यक्रम रहको छ । उहाँले विजयादशमीका दिन राष्ट्रपति कार्यालयमा अपराह्न २:०० देखि ३:०० बजेसम्म विशिष्ट र ३:०० देखि ५:०० बजेसम्म सर्वसाधारणलाई टीका–जमरा लगाइदिनुहुने छ ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले सर्वसाधरणलाई टिका लगाउनका लागि राष्ट्रपति भवनको मूल ढोकामा सहजरुपमा प्रवेशको व्यवस्था गरिएको बताउनुभयो । टिका ग्रहणका लागि मर्यादित पोशाकमा आउन समेत राष्ट्रपति कार्यालयले आग्रह गरेको छ ।