• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

२ किलो चिनी किन्न …फोटो फिचर



काठमाडौं । बजारमा चिनी अभाव भएपछि काठमाडौंको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरु दुई किलो चिनी किन्नका लागि काठमाडौं आएका छन् ।

नेपालीको मुख्य चाड दशैं, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई सरकारले काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा आउनुभएको हो ।

दशैँ,तिहार र छठमा नेपालीले ठूलो मात्रामा चिनी प्रयोग गर्ने समयमा सरकारले दायित्व निभाउन नसकेको भट्टराईले बताउनु भयो । उहाँले मुख्य चाडपर्वको समयमा २ किलो चिनी खरिद गर्न धादिङदेखि काठमाडौं आउनुपर्ने बाध्यता सरकारको लापरवाहीकै कारण भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले चिनी लगायत दैनिक उपभोग्य वस्तुको उपलब्धता सयमा नै गराउनु राज्यको दायित्व भएको भन्दै राज्यले जनताप्रतिको दायित्व बिर्सेको आरोप लगाउनु भयो । भट्टराईले धादिङका खाद्यन्न पसलहरुमा चिनी नपाएको पाएपनि किलोको १६० रुपैयाँसम्म पर्ने गरेको बताउनु भयो । उहाँले जन्मेदेखि पहिलो पटक धादिङबाट २ किलो चिनी किन्न काठमाडौंमा आउनु परेको बताउनु भयो ।

त्यस्तै, सहुलियत पसलमा चिनी किन्न लाइनमा बस्नुभएकी सावित्रा उप्रेतीले चिनी किन्न दुई घण्टा लाइन लाग्नुपरेका बताउनु भयो । उहाँले नेपालीको मुख्य चाड दशैँ, तिहार र छठ आउने समयमा सरकारले आवश्यकतालाई हेरेर समयमा नै उपलब्धता गराउन नसक्नु जनतालाई दु:ख दिनुभएको बताउनु भयो । उहाँले सरकारले सञ्चालन गरेको सहुलियत पसल भन्दा बाहिरका पसलहरुमा चिनी नपाएको भन्दै २ किलो भएपनि लाइन बसेर लिन आएको बताउनु भयो ।

उहाँले सरकार जनताप्रति उत्तरदायी नहुँदा हेरक वर्ष ग्यास,चिनी,नुन लगायत अन्य खाद्यन्नको अभाव झेल्दै आएको भन्दै जनतालाई सधैँ सास्ती मात्रै दिएको बताउनु भयो । त्यस्तै,कीर्तिपुरबाट चिनी किन्नको लागि सहुलियत पसल आउनुभएकी पवित्रा थापाको पनि उस्तै गुनासो रहेको छ । उहाँले बजारमा चिनी नै नपाएकाले सहुलियत पसलमा चिनी किन्न आएको बताउनु भयो । उहाँले २ किलो चिनी किन्न लामो लाइन बस्नुपर्दा दु:ख लागेको बताउनु भयो । उहाँले सरकारले राम्रो काम गर्न नसक्दा चाडपर्वको मुखमा जनताले दु:ख पाएको भन्दै जनताप्रति सरकार उत्तरदायी बन्न नसकेको उल्लेख गर्नुभयो ।

यता साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय निर्देशक ब्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई २ केजी उपलब्ध गराउने बताउनु भयो । उहाँले सरकारले चाडपर्व लक्षित सञ्चालनमा आएका सहुलियत पसलमा लाइनमा बस्ने उपभोक्ताहरुलाई खाली हात पठाउने बताउनु भयो। उहाँले लाइनमा बस्ने उपभोक्ताहरुले अनिवार्य २ केजी चिनी पाउने बताउनु भयो । उहाँले चिनी अभावको कारणले सहुलियत पसलहरुमा चिनी किन्न आउने उपभोक्ताहरुको भीड रहेको बताउनु भयो । उहाँले चिनी अभाव हुने विषयमा गत जेठ महिनामा नेपाल सरकारसँग आग्रह गरेपनि सरकारले तत्कालिन समय स्वीकृति नदिँदा चिनीमा समस्या आएको बताउनु भयो । सरकारले समयमा नै स्वीकृत दिएको भए समयमा चिनी आयात हुँदा अभाव झेल्न पर्ने अवस्था आउने थिएन उहाँले भन्नुभयो ।

उहाँले सरकारले भदौ २७ गते निर्णय गरेर १० हजार मेट्रिक टन साल्ट ट्रेडिङ कर्पोरेसन र १० हजार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्वीकृत दिएपनि भारतमा चिनी निर्यातमा रोक लगाएको कारण समस्या भएको बताउनु भयो । उहाँले चिनी खरिद प्रक्रिया अगाडि बढाएपनि चाडपर्वमा ल्याउन नसकिएको बताउनु भयो । उहाँले सरकारले आन्तरिक बजारबाट तत्कालको ७० टन चिनी २ केजीको दरले उपभोक्तालाई दिन उपलब्ध गएर ९७ रुपैयाँ प्रतिकेजीको दरले काठमाडौंका ८ वटै आउटलेटबाट बिक्री गरिरहेको बताउनु भयो । उहाँले विगतका वर्षहरुको भन्दा यो वर्ष सरकारले सञ्चालन गरेको सहुलियत पसलहरुको व्यापार कमी आएको बताउनु भयो । उहाँले मानिसहरुसँग आर्थिक अभावको कारण बजारमा व्यापार घटेको देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘विगतका वर्षहरुको भन्दा यो वर्ष सरकारले सञ्चालन गरेको सहुलियत पसलहरुको व्यापार कमी आएको छ । कोभिडको समयमा समेत धेरै असर भएको थिएन । तर अहिले व्यापार घटेको देखिएको छ । मानिसहरुसँग आर्थिक अभावको कारण बजारमा व्यापार घटेको देखिन्छ । पसलहरुमा उपभोक्ताको बढी चिनीमा आकर्षण भएकाले भीड बढेको छ । चिनी अभाव हुने विषयमा गत जेठ महिनामा नै हामीले नेपाल सरकारसँग आग्रह गरेका थियौं ।

असोज कात्तिकसम्ममा चिनी अभाव हुन्छ भनेर लेखेर नै दिएका थियौं । आयात गर्न स्वीकृत पाउ भनेका थियौं । सरकारले तत्कालिन अवस्थामा स्वीकृत भएन । मन्त्रीपरिषद्ले भदौ २७ गते निर्णय गरेर १० हजार मेट्रिक टन साल्ट ट्रेडिङ कर्पोरेसन र १० हजार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्वीकृत दिने भनेर आयो । हामीले त्यसलाई अगाडि बढाएका छौं । चिनी खरिद प्रक्रिया अगाडि बढाएता पनि चाडपर्व नजिक आएकाले भारतमा चिनी निर्यातमा प्रतिबन्ध लगाएकाले प्राविधिक समस्या भएको छ । सरकारले आन्तरिक बजारबाट तत्कालको लागि चिनी व्यवस्था गरेका छौं । केही दिन अघि सरकारले ७० टन चिनी २ केजीको दरले उपभोक्तालाई दिन उपलब्ध भएको छ । उक्त चिनीलाई ९७ रुपैयाँ प्रतिकेजीको दरले काठमाडौंका ८ वटै आउटलेटबाट बिक्री गरिरहेका छौं । लाइनमा लाग्नेहरुलाई २ केजी चिनी हामी दिन्छौं ।’

उहाँले दशैँ, तिहार र छठमा चिनी अभाव हुन नदिन साल्ट ट्रेडिङ लिमिटेडले सरकारसँग समन्वय गरेपनि सरकारको निर्णयमा ढिलाइ हुँदा समस्या भएको बताउनु भयो । आन्तरिक रूपमा उत्पादन भएको चिनी ‘स्टक’ सकिएपछि अहिले बजारमा चिनी मूल्य ह्वात्तै बढेको छ ।

साल्ट ट्रेडिङ र खाद्य व्यापार तथा व्यवस्था कम्पनीले अहिले विभागले उपलब्ध गराएको ७० हजार किलो चिनी उपभोक्तालाई प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गरिरहेको छ । चाडपर्वमा जनताले २ किलो चिनी पाउन समेत विभिन्न समस्या झेल्नुपर्ने बाध्यता सरकारको लाचारीपनको कारण भएको हो । हरेक वर्ष चाडपर्वमा नागरिकहरुले मूल्य वृद्धि र सामान अभाव झेल्नुपर्ने समस्या समाधानको लागि सरकारले समयमा नै सोच्नुपर्ने अवस्था आएको छ ।