७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

एकदिवसीय विश्वकपमा आज दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेल्दै

एकदिवसीय विश्वकपमा आज दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेल्दै
अ+ अ-

एजेन्सी । आइसिसी एकदिवसीय विश्वकप २०२३ को १५ औँ खेलमा आज अपराजित दक्षिण अफ्रिका र नेदरल्यान्ड्स भिड्दैछन् । धर्मशालामा  हुन लागेको खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ।

दुबै टीमको लागि आज जित महत्त्वपूर्ण हुनेछ । दक्षिण अफ्रिका आजको खेल जितेर अपराजित यात्रा कायम गर्दै शीर्ष स्थानमा रहन चाहन्छ भने जितविहीन नेदरल्यान्ड्स आफ्नो पहिलो खाता खोल्न चाहन्छ ।

दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई १०२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा अष्ट्रेलियालाई १३४ रनको भारी अन्तरले पराजित गरेको थियो । यता नेदरल्यान्ड्स पहिलो खेलमा पाकिस्तानसंग ८१ र न्युजिल्यान्डसँग ९९ रनले पराजित भएको थियो ।

दक्षिण अफ्रिका र नेदरल्याण्ड्सको हेड-टु-हेड

एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका र नेदरल्याण्ड्सले हालसम्म सात पटक आमनेसामने गरेका छन् । जसमा दक्षिण अफ्रिकाले छ पटक जितेको छ भने एक खेलको नतिजाबिहिन भएको थियो ।

एकदिवसीय विश्वकपको इतिहासमा यी दुई टोलीले जम्मा तीन पटक आमनेसामने गरेका छन् । जसमा दक्षिण अफ्रिकाले तीन वटै खेल जितेको छ ।

दक्षिण अफ्रिकाको सम्भावित प्लेईङ–११:

क्विन्टन डी कक (विकेटकिपर), टेम्बा बाभुमा (कप्तान), रसी भान डेर डुसेन, एडेन मार्कराम, डेभिड मिलर, हेनरिक क्लासेन, मार्को जेन्सेन, कागिसो रबाडा, केशव महाराज , लुंगी एनगिडी, तबरेज शम्सी र जेराल्ड कोएत्जी ।

नेदरल्यान्ड्स को सम्भावित प्लेईङ–११:
विक्रमजीत सिंह, म्याक्स ओडाउड, कोलिन एकरम्यान, बास डे लीडे, तेजा निदामानुरु, स्कट एडवर्ड्स (कप्तान र विकेटकिपर), सिब्रान्ड एन्जेलब्रेच, रोलोफ भान डर मर्वे, लोगान बीकररायन क्लेन, आर्यन दत्त, पॉल भ्यान मीकरेन ।