८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

अष्ट्रेलियाका सफल व्यवसायि स्वतान्त्र प्रताप शाहलाई ‘प्रभावशाली युवा उद्यमी अवार्ड’

अष्ट्रेलियाका सफल व्यवसायि स्वतान्त्र प्रताप शाहलाई ‘प्रभावशाली युवा उद्यमी अवार्ड’
अ अ+ अ-

काठमाडौं, अष्ट्रेलियाको ब्रिस्बेनमा रहेर व्यवसायी क्षेत्रमा सफलता प्राप्त गरेका स्वतन्त्र प्रताप शाह ‘ प्रभावशाली युवा उद्यमी अवार्ड’बाट सम्मानित भएका छन ।

व्यवसायी शाहलाई एनआरएनए युवा नेतृत्वको समयमा नेपलामा समाजिक सेवामा पु¥याएको अतुलनीय योगदान तथा व्यवसायिक क्षेत्रमा प्राप्त गरेका सफलताको लागि एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गतको प्रभावशाली युवा उद्यमी अवार्र्ड प्रदान गरिएको हो ।

रोयल हेरिटेज रियल इस्टेट क्विन्सल्याण्डका निर्देशक, एम्पायर इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसका निर्देशक शाहलाई सिजन मिडियाको आयोजनामा गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त अवार्ड प्रदान गरेका हुन । अष्ट्रेलियाको ब्रिस्बेनमा रहेका नेपाली व्यवसायिक उद्यमी शाहलाई नेपाल सरकारले सन २०१६ को जुलाईदेखि जुलाई २०१८ सम्म क्विन्सल्याण्डका लागि नेपाल पर्यटन बोर्डको मानार्थ जनसम्पर्क प्रतिनिधिको रूपमा नियुक्त गरेको थियो ।

हाल अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघका अध्यक्ष शाहले एनआरएनए गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष पनि हुन । नेपालमा भूकम्पका बेला एनआरएनए लजिस्टिक टोलीका संयोजक, भूकम्पका बेला नेपालमा एनआरएनए स्वयंसेवकको जिम्मेवारी सम्हालेका थिए । राहत वितरण र आश्रय निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । शाह बिगत डेढ दशकदेखि अष्टेलियामा बिभिन्न व्यवसायसंगै एनआरएन अभियन्ताका रुपमा सक्रिय छन । मोडलिङसंगै फिल्मी क्षेत्रमा पनि शाह सक्रिय छन ।

उनले दुई वटा नेपाली चलचित्रमा नायकको भूमिका समेत निर्बाह गरेका छन । शाह शैक्षिक तथा सामाजिक क्षेत्रमा पनि सक्रिय छन । उनले सन २०१० र २०१५ मा नेपाल फेस्टिभल ब्रिस्बेन, एनआरएनए भवन निर्माण परियोजना, नेपालको चेपाङ गाउँलाई सहयोग पु-याउने कोष सङ्कलन कार्यक्रम, ब्रिसबेन अस्ट्रेलियामा नेपाली राजनीतिक नेताहरूसँग अन्तरक्रिया कार्यक्रम जस्ता कोष सङ्कलन कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेका छन । उनी नेपाली कलाकार तथा गायकहरूसँग सक्रिय रूपमा सामुदायिक कार्यक्रम आयोजना गर्दै आएका छन ।

संसारभरी छरिएर रहेका नेपाली युवा उद्यमीहरुलाई संगठित गर्दै शाहले अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघ समेत स्थापना गरेका छन । कोभिड–१९ मा उनले अष्टेलियाबाट सुदूर पश्चिम लगायत देशका बिभिन्न भागमा सहयोग गरेका थिए । सरल नम्र स्वभावका व्यक्तिको रूपमा परिचित शाह विश्वभरमा एनआरएनएको मुद्दालाई स्थापित गर्न, युवा पुस्तालाई एनआरएनएमा अपनत्व महसुस गराउन उनले २०२३–०२५को लािग सचिव पदमा उम्मेदवारी दिएका छन ।

संघलाई नजिकबाट बुझेको र हालसम्म प्राप्त अनुभव दक्षता तथा योग्यतालाई एनआरएनए अभियानमा अझ सशक्त ढंगले प्रयोग गर्ने शाहले बताए । संघलाई थप पारदर्शी, वैज्ञानिक र प्रभावकारी ढंगले चलाउन आफ्नो सचिवमा उम्मेदवारी रहेको उनको वताउछन ।