८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

गैरआवासीय नेपाली नेपालका गैरआवासीय दुत हुन्: प्रधानमन्त्री (भिडियोसहित)

गैरआवासीय नेपाली नेपालका गैरआवासीय दुत हुन्: प्रधानमन्त्री (भिडियोसहित)
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसारभर रहनुभएका नेपालीहरु नेपालका गैरआवासीय दुत भएको बताउनुभएको छ ।

मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गैरआवासीय नेपालीहरुसँगको भेटमा उहाँले गैर आवासीय नेपालीहरु पहिलाको भन्दा नेपालप्रति चासो र चिन्ता व्यक्त गर्न थालेको बतउनुभएको हो ।

प्रधानमन्त्री दाहालले ५० औं लाख गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रवन्ध गरिएको बताउनु भयो । उहाँले गैर आवासीय नेपालीका सम्बन्धित थुप्रै सवालहरुलार्ई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गर्ने पहल गरेको बताउनु भयो । उहाँले नेपाल सरकारले विदेशी लगानीको न्युनतम सीमा पाँच करोड रुपैयाँबाट घटाएर दुई करोड रुपैयाँ कायम गरेको उल्लेख गरेको बताउनु भयो । उहाँले धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीको लगानी खुला गर्न कानूनी व्यवस्था मिलाइएको बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा रहेका श्रमीकहरुलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आवद्ध गर्ने निर्णय लागू भइसकेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गैर आवासीय नेपालीसँग सम्बन्धित थुप्रै सवालहरुलार्ई हामीले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गर्ने पहल गरेका छौँ । नेपाल सरकारले विदेशी लगानीको न्युनतम सीमा पाँच करोड रुपैयाँबाट घटाएर दुई करोड रुपैयाँ कायम गरेको छ । धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीको लगानी खुला गर्न कानूनी व्यवस्था पनि मिलाइएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमीकहरुलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आवद्ध गर्ने निर्णय लागू भइसकेको छ । यो एउटा ऐतिहासिक काम हो । अहिलेसम्म तीन लाख भन्दा बढी श्रमीकहरु यो अभियानमा आवद्ध हुनुभएको छ । संसारभर रहनुभएका गैरआवासीय नेपाली नेपालका गैरआवासीय दुत हुनुहुन्छ । नेपालले तपाईहरुबाट धेरै अपेक्षा गरेको छ । यो पटक मैले चाहे भारत जाँदा होस् वा इटाली, अमेरिका जाँदा चीनमा पनि थुप्रै गैरआवासीय नेपाली साथीसँग भेट गर्ने र अन्तरक्रिया गर्ने अवसर पाएँ । विगतको भन्दा यो पटक मैले नयाँ अनुभुति गरेको अहिले सर्वत्र नेपालप्रति चिन्ता, नेपालप्रति चासो र कसरी नेपाललाई सहयोग गरेर विकास र समृद्धिको यात्रामा योगदान दिन सकिन्छ भन्ने भावना पहिला भन्दा प्रखर भएको छ । नेपालले पनि त्यो वातावरण बनाउन सरकारको तर्फबाट हामी निरन्तर प्रयास गरेका छौँ ।’

कार्यक्रममा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैर आवासीय नागरिकता अभियान शुरु गरेकोमा सरकारलाई धन्यवाद दिनुभयो । उहाँले गैर आवासीय नेपाली नागरिकता एउटा सानो कागजको टुक्रा मात्रै नभइ मुटुको अंश भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जुन आज गैर आवासीय नागरिकता अभियान शुरु गरिएको छ, त्यसको धन्यवाद छ । गैर आवासीय नेपाली नागरिकता एउटा सानो कागजको टुक्रा मात्रै होइन, मुटुको अंश बन्नेछ । यो प्रत्येक धड्कनमा नेपाल आमालाई खुशी बनाउन लाग्नेछौँ ।’

कार्यक्रममा बोल्दै संघका कार्यकारी अध्यक्ष बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको अभियान आज वैधानिक रुपमा नै सार्थक बनेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले नागरिकता एउटा अभिभारा पनि भएको र अब मुखले मात्र नभइ कामले नै नेपालको समृद्धिसँग जोडिनुपर्ने र गैरआवासीय नागरिकता वंशजकै आधारमा अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गैरआवासीय नेपाली नागरिकताको अभियान आज वैधानिक रुपमा नै सार्थक बनेको छ । नेपाल सरकारले हाम्रो चाहना र मागलाई सबैले कुनैपनि विवाद नगरी सबैले एकमत भएर नागरिकताको निरन्तरता गराइदिनुभएको छ । नागरिकता एउटा अभिभारा पनि हो । अब मुखले मात्र नभइ कामले नै नेपालको समृद्धिसँग जोडिनुपर्छ । गैरआवासीय नागरिकता वंशजकै आधारमा अघि बढ्नुपर्छ ।’

कार्यक्रममा संघका अध्यक्ष कुल आचार्यले कार्यान्वयनमा आएको गैरआवासीय नेपाली नागरिकताले गैरआवासीयलाई मात्रै नभइ उनीहरुका सन्तानलाई पनि नेपालसँग जोडिरहने बताउनु भयो । उहाँले वंशजको आधारमा प्राप्त नेपाली नागरिकता निरन्तरताको लागि सरकार र राजनीतिक दलहरुसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज कार्यान्वयनमा आएको गैरआवासीय नेपाली नागरिकताले गैरआवासीयलाई मात्रै होइन, तिनीहरुका छोराछोरीलाई पनि नेपालसँग जोड्ने छ । हामीले वंशजको आधारमा प्राप्त नेपाली नागरिकता निरन्तरताको लागि सरकार र राजनीतिक दललाई आग्रह गर्दै आएका छौँ । नेपालको सम्पती यसले नेपालमै रहनेछ । हामीसँग रहेको श्रोत, साधन र सम्पतीको उपयोग गरेर मातृभूमिको सेवा गर्ने मौका अब आएको छ ।’

अध्यक्ष आचार्यले गैरआवासीय नेपालीसँग रहेको श्रोत, साधन र सम्पतीको उपयोग गरेर मातृभूमिको सेवा गर्ने मौका अब आएको बताउनु भयो ।