७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

सहकारीमार्फत करोडौँ गाउँ भित्र्याउँदै महिला

सहकारीमार्फत करोडौँ गाउँ भित्र्याउँदै महिला
अ+ अ-

ढोरपाटन । आज विश्व ग्रामीण महिला दिवस । ग्रामीण महिलालाई घरको कामबाहेक आय आर्जनमूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यले १५ अक्टोबर २००८ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा विसं २०७० देखि आजकै दिन ग्रामीण महिलाको भूमिकालाई सम्मान गर्दै यो दिवस मनाउन थालिएको हो । यस दिवसका अवसरमा सम्झन र सम्मान गर्नका लागि काठेखोलाका महिला जिल्लामै उदाहरणीय छन् ।

नेपालमा सबैभन्दा बढी रेमिट्र्यान्स भित्र्याउने जिल्लामा पर्छ बागलुङ । यतिबेला गाउँमा बालबालिका, वृद्धवृद्धा र महिला मात्रै भेटिन्छन् । टोलछिमेकमा कोही बिरामी परे अस्पतालसम्म पुर्‍याउने मान्छे पाउन मुस्किल छ । खेतीयोग्य जमिन वनमाराले ढाक्न थालेपछि उत्पादनमा पनि कमी आउन थालेको छ । युवाशक्ति विदेशिएपछि घरपरिवार धान्ने जिम्मेवारी महिलाको काँधमा थपिएको छ ।

पहिलेपहिले ग्रामीण क्षेत्रका महिला विदेश जाने प्रचलन थिएन । अहिले उनीहरु पनि विदेश गएर आम्दानी गर्न थालेका छन् । महिला पनि विदेश जान थालेपछि गाउँ रित्तिने जोखिम बढेकामा यहाँका स्थानीय चिन्तित छन् ।

जिल्लाका गाउँदेखि बजारसम्मका अधिकांश युवाशक्ति विदेश पलायन हुँदैछन् । यसले अधिकांश गाउँ शून्य बन्दै गएका छन् । तर केही महिलाले भने गाउँमै बसेर उद्यम गर्नुका साथै अर्थतन्त्रलाई बलियो बनाएका छन् । त्यसमध्ये काठेखोला गाउँपालिका–४ तङ्ग्रामका महिला पनि पर्छन् । उनीहरुका श्रीमान् र छोराछोरी विदेशमा छन् । विदेशबाट पठाउने रेमिट्र्यान्सभन्दा बढी महिलाले गाउँमै खसीबोका बेचेर आम्दानी गर्दै आएका छन् ।

यस गाउँका धेरै महिला सहकारीमा आवद्ध भएर सामाजिक काममासमेत अग्रसर बन्दै आएका छन् । तङ्ग्राम गाउँका थुप्रै युवा विदेशमा छन् तर महिला भने उद्यमी बनेर गाउँमै वार्षिक करोडौँ रकम भित्र्याउने गरिरहेका छन् । गाउँबाट प्रत्येक महिना दुई सयको हाराहारीमा खसीबोका बिक्री हुन्छ । यस गाउँमा दुई सहकारी छन् । त्यसमा आवद्ध भएर महिलाले खसीबोका पालन गरी सहकारीमार्फत बिक्री वितरण गर्ने गरेका छन् ।

तङ्ग्राम गाउँमा रहेको सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीले वार्षिक रू दुई करोड चार लाख र वसन्त सहकारीले रू दुई करोड १० लाखको खसीबोका बेच्ने गरेका छन् । सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीले यस वर्षको दसैँमा छ सय खसीबोका बेच्नका लागि तयार गरेको सहकारीका सहप्रबन्धक नरमाया पुनले जानकारी दिनुभयो । यस सहकारीमार्फत प्रत्येक महिना महिलाले उत्पादन गरेको ६० खसीबोका बिक्री हुने भन्दै वार्षिक एक हजार तीन सय २० भन्दा बढी बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।

सहकारीले वार्षिक करिब रू दुई करोड चार लाख ४० हजारको खसीबोका बिक्री गरिरहेको भन्दै यसले सहकारीमा आवद्ध महिलालाई सक्षम र आत्मनिर्भर बनाएको पुनले बताउनुभयो । “ यहाँका धेरै मानिस विदेशमा जान्छन् । हाम्रो लागि सबैथोक गाउँ हो । गाउँ छोडेर कतै जान मन लाग्दैन”, उहाँले भन्नुभयो, “रहेक महिना खसीबोका उत्पादन हुन्छन् । बजार पनि ठिकै छ । धेरै दिदीबहिनी खुसी हुनुहुन्छ ।”

बढ्दो महँगीले महिला उद्यमीलाई असर पुर्‍याएको भन्दै उनीहरु कत्ति पनि विचलित नभइ आफ्नो पेसाप्रति प्रतिबद्ध भएर काम गरिरहेका पुनको भनाइ थियो । “यहाँका महिला अन्य ठाउँका महिलाका लागि प्रेरणाका स्रोतसमेत बनेका छन् । विदेश जाने तथा बजार झरेर विलासी जीवन बिताउने चाहना उनीहरुमा देखिन्न”, उहाँले भन्नुभयो ।

वसन्त सहकारीकी प्रबन्धक हेमा विकले गाउँमा उत्पादन हुने खसीबोकाले महिलाको जीवनस्तरलाई माथि उठाएको बताउनुभयो । यस सहरकारीले पनि दसैँ र तिहारका लागि छ सय बढी बोकाखसी बेच्नका लागि तयार गरेको उहाँको भनाइ थियो ।

विशेष गरी भदौ, असोज र कात्तिकमा उक्त सङ्ख्यामा खसीबोका बेच्ने लक्ष्यका साथ काम गरिने विकले जानकारी दिनुभयो । सहकारीमार्फत हरेक महिना एक सय देखि एक सय ५० सम्म खसीबोका बिक्री गर्ने भन्दै वार्षिक एक हजार पाँच सय वटासम्म बिक्री हुने उहाँको भनाइ थियो ।

सहकारीमार्फत वार्षिक रू दुई करोड १० लाख बढीको खसीबोका बिक्री गर्ने गरेको विकले बताउनुभयो । बजारभन्दा गाउँको वातावरण स्वास्थ्यका लागि उपयोगी हुने हुँदा यहाँका महिलाले गाउँलाईनै माया गरेर उद्यमसँग जोडिएका उहाँको भनाइ थियो ।

तङ्ग्राम गाउँबाट बजार झर्ने र विदेश जानेको युवा शक्तिको सङ्ख्या बढी भए पनि महिला कमै मात्रामा भएको विकले बताउनुभयो । “गाउँका प्रत्येक घरका एकरदुईजना सदस्य विदेश छन् । त्यसमध्ये धेरै त पुरुष नै हुनुहुन्छ”, उहाँले भन्नुभयो,“गाउँमा खसीबोका उत्पादन गर्ने महिलाको सङ्ख्या बढी छ । गाउँमा उत्पादन हुने खसीबोका सहकारीमार्फत बेच्ने गरेका छौँ । एउटै परिवारबाट कम्तीमा पनि पाँचरसातवटा खसीबोका बेच्ने गरेका छौँ ।” रासस