२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु



अ+ अ-

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षीया सङ्गीता भण्डारी रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ नौकिलो नजिक बाप्र०२०४६प १६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई पल्टिँदा चालक भण्डारीको मृत्यु भएको हो ।

आज बिहान ७:४५ बजे दुर्घटना हुँदा भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । रासस