१५ भाद्र २०८३, सोमबार
,
Latest
कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ प्रिमियर कप: दीपेशको ६ विकेटमा नेपाललाई ७८ रनको झिनो लक्ष्य



अ+ अ-

काठमाडौँ । एसिसी यू–१९ प्रिमियर कपमा बहराइनले नेपाललाई ७८ रनको झिनो लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रन बनाएर अल आउट भयो ।

बहराइनलाई ७७ रनमा स्तब्ध पार्न नेपालका स्पिनर दीपेश कँडेलले घातक बलिङ गर्दै ६ विकेट लिए । दीपेशले ९.५ ओभरमा ८ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिए । यस्तै, तीव्र गतिका बलर दुर्गेश गुप्ताले ८ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए ।

बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाए । हाकिमबाहेक बहराइनका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बहराइनका चार खेलाडि शुन्य रनमा आउट भए । नेपालले १७ रन एक्स्ट्रा दिएको थियो ।