• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

होमलाल काठमाडौं म्याराथन च्याम्पियन



खराब समयका बाबजुद त्रिभुवन आर्मी क्लवका होमलाल श्रेष्ठ शनिवार १५ औं काठमाडौं म्याराथनमा च्याम्पियन बन्न सफल भएका छन् ।

एनआरएस स्पोर्ट्स फाउण्डेसनको आयोजनामा सम्पन्न म्याराथनमा होमलालले खराब समय निकाले पनि त्यो च्याम्पियन बन्न पर्याप्त भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरु भएको म्याराथन ललितपुर र भक्तपुरकका विभिन्न स्थान हुँदै पुन: रंगशालामा पुगेर टुंगिएको थियो । ४२ किलोमिटरको सो म्याराथनमा होमलालले दुई घण्टा ३०.२५ मिनेट समयमा निकाले । जुन समय उनलाई च्याम्पियन बन्न पर्याप्त बनेको हो । एपिएफका सन्तोष बिष्ट दुई घन्टा ३७.०१ मिनेटका साथ उनका निकटतम प्रतिद्वन्दी रहे । एपिएफका राजन चौधरी तेस्रो स्थान रहे ।

उनले दुई घण्टा ४३.०१ मिनेट समयमा दूरी पूरा गरे । च्याम्पियन होमलालले एक लाख रुपैयाँ नगदसहित इनड्राइभरले प्रायोजन गरेको इलेक्ट्रिक स्कुटर प्राप्त गरे । सन्तोषलले ५० हजार र राजनले २५ हजार रुपैयाँ नगद पुरस्कार पाए । हाफ म्याराथनको उपाधि भने पुरुषमा खड्गबहादुर खड्का र महिलामा बिन्द्रा श्रेष्ठ च्याम्पियन भए । आर्मीका खड्गबहादुर एक घण्टा ७.२९ सेकेण्डमा दौड पूरा गरे । १३ औं दक्षिण एशियाली खेलकुद (साग) को म्याराथनमा स्वर्ण विजेता किरणसिंह बोगटी दोस्रो स्थानमा खुम्चिए ।

उनले सन् २०१९ को सागमा २४ वर्षपछि नेपाललाई स्वर्ण पदक दिलाएका थिए । एपिएफका किरणले घरेलु प्रतियोगितामा हाफ म्याराथनमा भने खराब नतिजा सामना गर्नुपर्‍यो । उनले एक घन्टा ०८. ५६ सेकेण्डमा दूरी पूरा गरेका थिए । एपिएफका राजेन्द्र तामाङ एक घन्टा १४ मिनेट ३७ सेकेण्ड समयका साथ तेस्रो स्थानमा रहे । महिलातर्पm भने एपिएफकी विन्द्रा श्रेष्ठले एक घण्टा २५ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गर्दै सफलता पाइन् । विन्द्रा पहिलोदेखि पाँचौं संस्करणसम्म च्याम्पियन हुन् ।

आर्मीकी पूर्णलक्ष्मी न्यौपाने एक घण्टा २७ मिनेट ७ सेकेण्डका साथ दोस्रो भइन् । नेपाल पुलिसकी सुमित्रा चौधरी एक घण्टा ३० मिनेट ३८ सेकेण्ड समय निकाल्दै तेस्रो स्थानमा रहिन् । महिला र पुरुष दुवैतर्फ हाफ म्याराथनका विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुने खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । पाँच किलोमिटर खुला पुरूषमा पुलिसका नागेश्वर अहिरले सफलता पाए । उनले १७ मिनेट ५१.२८ सेकेण्डको समय निकाले ।

एपिपएफका सञ्जीव नेपाली दोस्रो र आर्मीका गोपाल तामाङ तेस्रो स्थानमा रहे । सोही दूरीमा महिलातर्पm आर्मीर्की विमला तामाङ च्याम्पियन भइन् । विमलाले २१ मिनेट ३९.८१ सेकेण्ड समयका साथ सफलता पाइन् । आर्मीकै वविता राई दोस्रो र वसन्ती गोले तेस्रो स्थानमा रहे । पाँच किलोमिटर दूरीको विद्यालयतर्पm छात्रामा पूर्णिमा श्रेष्ठ र छात्रमा कृष्णबहादुर श्रेष्ठले उपाधि जिते । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ लगायतले पुरस्कृत गरेका थिए ।