६ श्रावण २०८३, बुधबार
,
Latest
मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
तपाईं के खोज्दै हुनुहुन्छ ?

होमलाल काठमाडौं म्याराथन च्याम्पियन



अ+ अ-

खराब समयका बाबजुद त्रिभुवन आर्मी क्लवका होमलाल श्रेष्ठ शनिवार १५ औं काठमाडौं म्याराथनमा च्याम्पियन बन्न सफल भएका छन् ।

एनआरएस स्पोर्ट्स फाउण्डेसनको आयोजनामा सम्पन्न म्याराथनमा होमलालले खराब समय निकाले पनि त्यो च्याम्पियन बन्न पर्याप्त भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरु भएको म्याराथन ललितपुर र भक्तपुरकका विभिन्न स्थान हुँदै पुन: रंगशालामा पुगेर टुंगिएको थियो । ४२ किलोमिटरको सो म्याराथनमा होमलालले दुई घण्टा ३०.२५ मिनेट समयमा निकाले । जुन समय उनलाई च्याम्पियन बन्न पर्याप्त बनेको हो । एपिएफका सन्तोष बिष्ट दुई घन्टा ३७.०१ मिनेटका साथ उनका निकटतम प्रतिद्वन्दी रहे । एपिएफका राजन चौधरी तेस्रो स्थान रहे ।

उनले दुई घण्टा ४३.०१ मिनेट समयमा दूरी पूरा गरे । च्याम्पियन होमलालले एक लाख रुपैयाँ नगदसहित इनड्राइभरले प्रायोजन गरेको इलेक्ट्रिक स्कुटर प्राप्त गरे । सन्तोषलले ५० हजार र राजनले २५ हजार रुपैयाँ नगद पुरस्कार पाए । हाफ म्याराथनको उपाधि भने पुरुषमा खड्गबहादुर खड्का र महिलामा बिन्द्रा श्रेष्ठ च्याम्पियन भए । आर्मीका खड्गबहादुर एक घण्टा ७.२९ सेकेण्डमा दौड पूरा गरे । १३ औं दक्षिण एशियाली खेलकुद (साग) को म्याराथनमा स्वर्ण विजेता किरणसिंह बोगटी दोस्रो स्थानमा खुम्चिए ।

उनले सन् २०१९ को सागमा २४ वर्षपछि नेपाललाई स्वर्ण पदक दिलाएका थिए । एपिएफका किरणले घरेलु प्रतियोगितामा हाफ म्याराथनमा भने खराब नतिजा सामना गर्नुपर्‍यो । उनले एक घन्टा ०८. ५६ सेकेण्डमा दूरी पूरा गरेका थिए । एपिएफका राजेन्द्र तामाङ एक घन्टा १४ मिनेट ३७ सेकेण्ड समयका साथ तेस्रो स्थानमा रहे । महिलातर्पm भने एपिएफकी विन्द्रा श्रेष्ठले एक घण्टा २५ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गर्दै सफलता पाइन् । विन्द्रा पहिलोदेखि पाँचौं संस्करणसम्म च्याम्पियन हुन् ।

आर्मीकी पूर्णलक्ष्मी न्यौपाने एक घण्टा २७ मिनेट ७ सेकेण्डका साथ दोस्रो भइन् । नेपाल पुलिसकी सुमित्रा चौधरी एक घण्टा ३० मिनेट ३८ सेकेण्ड समय निकाल्दै तेस्रो स्थानमा रहिन् । महिला र पुरुष दुवैतर्फ हाफ म्याराथनका विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुने खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । पाँच किलोमिटर खुला पुरूषमा पुलिसका नागेश्वर अहिरले सफलता पाए । उनले १७ मिनेट ५१.२८ सेकेण्डको समय निकाले ।

एपिपएफका सञ्जीव नेपाली दोस्रो र आर्मीका गोपाल तामाङ तेस्रो स्थानमा रहे । सोही दूरीमा महिलातर्पm आर्मीर्की विमला तामाङ च्याम्पियन भइन् । विमलाले २१ मिनेट ३९.८१ सेकेण्ड समयका साथ सफलता पाइन् । आर्मीकै वविता राई दोस्रो र वसन्ती गोले तेस्रो स्थानमा रहे । पाँच किलोमिटर दूरीको विद्यालयतर्पm छात्रामा पूर्णिमा श्रेष्ठ र छात्रमा कृष्णबहादुर श्रेष्ठले उपाधि जिते । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ लगायतले पुरस्कृत गरेका थिए ।




भर्खरै