२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ला र कालिकोटका २१० जना मोतिबिन्दुका बिरामीको नि:शुल्क शल्यक्रिया



अ+ अ-

कर्णाली । नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा जुम्ला र कालिकोट जिल्लामा सम्पन्न विभिन्न आँखा शिबिर मार्फत २१० जना बिरामीको नि:शुल्क शल्यक्रिया गरिएको छ ।

विभिन्न पालिकाहरुकाा ९८६ जना बिरामीहरुको आँखा परिक्षण गर्दा २१० जनामा मोतियाबिन्दुको समस्या देखिएको हो । मोतियाबिन्दु देखिएका सबै बिरामीहरुको नेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली, आई केयर फाउन्डेशन र रिड्ली फाउन्डेशनको आर्थिक सहयोगमा नि:शुल्क शल्यक्रिया गरिएको हो ।

असोज ११ गतेदेखि १४ गतेसम्म नेपाल नेत्रज्योति संघ जिल्ला शाखा जुम्लाको आयोजनामा जुम्लाको खलङ्गामामा सञ्चालन गरिएको शिविरमा ९० जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने ४ सय ११ जनाको नि:शुल्क आँखा परीक्षण गरिएको थियो ।

त्यस्तै असोज १५ गतेदेखि १७ गतेसम्म जुम्लाको हिमा गाँउपालिकामा सञ्चालन गरिएको शिविरमा ४३ जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने ३ सय ५० जनाको नि:शुल्क आँखा परीक्षण गरिएको थियो ।

त्यसैगरी असोज २० र २१ गते कालिकोटको पलाँता गाँउपालिकामा सञ्चालन गरिएको शिविरमा ७७ जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने २ सय २५ जनाको नि:शुल्क आँखा परीक्षण गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कोहि पनि अन्धोपनमा जिवन विताउन नपरोस भन्ने हेतुले पछिल्लो समय हुने संग लिने र नहुँनेलाई सेवा दिने उद्देश्यले स्थानिय सरकार संगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ ।