१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



कांग्रेस केन्द्रीय समिति बैठक । फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । शुक्रबार ३ बजेपछि धुम्बाराहीमा बैठक बस्ने गरी बोलाईएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा कोशी प्रदेशमा कांग्रेस सांसदहरुले चालेको कदम बारे छलफल हुने बताईएको छ । कांग्रेसले मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेपनि कोशीका सांसद केदार कार्कीले पार्टीका अरु ७ र नेकपा एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

यस्तै, नेपाली कांग्रेस कोशी कार्यसम्पादन समिति बैठकले केदार कार्कीसहितलाई मुख्यमन्त्रीको दाबी फिर्ता लिन निर्देशन दिएको थियो ।