७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको प्रसारणलाइनका सबै ठेक्का रद्द



अ+ अ-

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् ।

शुक्रवार मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले सूचना गरी गर्दै प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएको जानकारी दिएको हो ।

यी ठेक्काहरुमा बोलपत्रपहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको छ । अब प्रसारण लाइन परियोजनामा नयाँ टेन्डर आह्वान हुने  छ ।

टेन्डरमा सबैभन्दा कम प्रस्ताव नै लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि एमसीए नेपालले प्रक्रिया रद्द गर्ने प्रस्ताव गरेको थियो । एमसीसीको मुख्यालयले अनुमति दिएपछि ठेक्का रद्द गरिएको एमसीए नेपालले बताएको छ ।

एमसीए नेपालले प्रसारण लाइन निर्माणका लागि तीन लटमा विभाजन गरेर टेन्डर खुला गरेको थियो। जसको लागि एमसिए नेपालले २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो । तर, न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो, जुन लागत अनुमानको तुलनामा ६६ प्रतिशतले बढी हो ।

गत ८ जेठमा खोलिएको बोलपत्रअनुसार ६ वटा कम्पनीले प्रसारणलाइन बनाउन प्रस्ताव पेश गरेका थिए ।