१५ भाद्र २०८३, सोमबार
,
Latest
शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको प्रसारणलाइनका सबै ठेक्का रद्द



अ+ अ-

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् ।

शुक्रवार मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले सूचना गरी गर्दै प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएको जानकारी दिएको हो ।

यी ठेक्काहरुमा बोलपत्रपहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको छ । अब प्रसारण लाइन परियोजनामा नयाँ टेन्डर आह्वान हुने  छ ।

टेन्डरमा सबैभन्दा कम प्रस्ताव नै लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि एमसीए नेपालले प्रक्रिया रद्द गर्ने प्रस्ताव गरेको थियो । एमसीसीको मुख्यालयले अनुमति दिएपछि ठेक्का रद्द गरिएको एमसीए नेपालले बताएको छ ।

एमसीए नेपालले प्रसारण लाइन निर्माणका लागि तीन लटमा विभाजन गरेर टेन्डर खुला गरेको थियो। जसको लागि एमसिए नेपालले २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो । तर, न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो, जुन लागत अनुमानको तुलनामा ६६ प्रतिशतले बढी हो ।

गत ८ जेठमा खोलिएको बोलपत्रअनुसार ६ वटा कम्पनीले प्रसारणलाइन बनाउन प्रस्ताव पेश गरेका थिए ।