७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

इजरायलबाट नेपाल फर्किन थप २०० जनाले दिए निवेदन, सम्पर्कविहीन विपिनको खोजी जारी

इजरायलबाट नेपाल फर्किन थप २०० जनाले दिए निवेदन, सम्पर्कविहीन विपिनको खोजी जारी
अ+ अ-

काठमाडौं । इजरायलबाट नेपाल फर्किन थप २०० जनाले निवेदन दिएका छन् । इजरायलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै थप २०० नेपालीले निवेदन दिएको जानकारी गराएको हो ।

दूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरेको थियो । सोहिअनुरुप शुक्रबारसम्म पाँच सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराएकोमा दुई सय ५४ जना स्वदेश फर्किएका छन् । यस्तै, जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन दिएका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको दूतावासले जनाएको छ । निवेदन दिएका बाँकी सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरिएको दूतावासको भनाइ छ ।

इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी चार जना नेपाली नागरिक घाइते भएकोमा एक जना उपचारपछि शुक्रबार स्वदेश फर्किएका छन् भने एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत छन् ।

आक्रमणमा परी सम्पर्कबिहीन भएका विपिन जोशीको भने खोजीकार्य जारी रहेको छ । विपिनलाई हमासले बन्धक बनाएको उनका साथीहरूले बताएका छन् । उनको खोजीका लागि प्रहरी र अस्पतालका साथै सम्भावित सबै माध्यमको सदुपयोग गरिएको दूतावासले जनाएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् । “कानूनी प्रक्रिया पूरा गरी प्रत्येक शवको छुट्टाछुट्टै विवरण राख्नुपर्ने र हाल इजरायलमा शवको सङ्ख्या अत्यन्तै बढी भएकाले प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने इजरायली पक्षले जनाएको छ । त्यसैले उहाँहरुको परिवार तथा आफन्तलाई केही समय धैर्यधारणा गर्र्न म अनुरोध गर्दछु”, उनले भने ।