• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

कोशी प्रदेश: राप्रपा निरपेक्ष बस्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको मुख्यमन्त्रीमा निरपेक्ष बस्ने निर्णय गरेको छ ।

आज बसेको पदाधिकारी बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा तटस्थ बस्ने निर्णय गरेको हो । बैठकपछि पार्टीका प्रवक्ता मोहन श्रेष्ठले न्युजपोलारसंग भन्नुभयो -राप्रपाले कोशी प्रदेशको विषयमा गम्भीर समीक्षा छ ।

उहाँले भन्नुभयो ‘ दुई दल मिलेर सरकार बनाउनु उपयुक्त हुने हाम्रो राम्रो राय थियो , राजनीतिक घटनाक्रम सोही बाटोमा गएको छ । यो निर्णयमा निरपेक्ष बस्न पाएको मा हामी खुसी छौ ।’

कोशीमा एमालेको समर्थनमा कांग्रेसका केदार कार्की र सत्तारुढ गठबन्धनबाट माओवादीका इन्द्र आङ्बोले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको छ ।