१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टेरियर डिजाइनहरुको प्रदर्शनी तथा प्रतिष्पर्धा ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ शुरु



अ+ अ-

काठमाडौँ । इन्टेरियर डिजाइनहरुको प्रदर्शनी तथा प्रतिष्पर्धा ‘स्पेस एण्ड डिजाइन एक्स्पोे’ शुरु भएको छ ।

बिहीवार ललितपुरमा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा इन्टेरियर डिजाइनहरुको प्रदर्शनी तथा प्रतिष्पर्धा ‘स्पेस एण्ड डिजाइन एक्स्पोे’को उद्घाटन भएको हो ।

एक्स्पो उद्घाटन ललतिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले आफूलाई नयाँ काम धेरै मन पर्ने बताउनु भयो । उहाँले नयाँ र नौलो काम गरेकैले मुलुकको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मेयर ललितपुर भ्रमण गर्न आउने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई नयाँ नयाँ काम मन पर्छ । नयाँ नौलो काम गरेकै कारणले होला । मुलुकको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मेयर सावहरु यहाँ हेर्नका लागि आउनु हुन्छ । मेरो अफिसमा आउनुहुन्छ । कसरी गर्नुभयो भनेर सोध्नुहुन्छ । म दिल खोलेर सिकाइदिन्छु ।’

मेयर महर्जनले एक्स्पोबाट आफू प्रभावित भएको बताउनु भयो ।