२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको राष्ट्रिय कार्यभार नेपाली समाजको सामाजिक र आर्थिक रुपान्तरण: गृहमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको राष्ट्रिय कार्यभार नेपाली समाजको सामाजिक र आर्थिक रुपान्तरण रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित नेजा ग्रामिण उत्कृष्ट पत्रकारिता परस्कार—२०२३ पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली जनताको अपेक्षा,नेपाली समाजको आवश्यकता, सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रिया र समृद्धिको प्रक्रियाले तिब्रता प्राप्त गर्न नसकेको बताउनु भयो । उहाँले गुणात्मक फड्कोको बिन्दुमा पुग्न बाँकी रहेकाले सबैले मिलेर काम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले आजको ऐतिहासिक आवश्यकता भनेको आर्थिक समृद्धिको प्रक्रिया, विकासको प्रक्रियालाई तिब्रता प्रदान गर्नु र फड्कोको बिन्दुमा पुर्‍याउनु रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको राष्ट्रिय र केन्द्रिय कार्यभार भनेको नेपाली समाजको सामाजिक आर्थिक रुपान्तरण हो । आर्थिक विकास र समृद्धि हो । या राजनीतिक परिवर्तन भएपछि यस क्षेत्रमा केही पनि परिवर्तन भएको छैन त । आर्थिक विकास र समृद्धिको क्षेत्रमा ? केही न केही भएको छ । यो पनि त्यत्तिकै सत्य हो की यो ऐतिहासिक परिवर्तनमा अन्तर्निहीत निर्देश, नेपाली जनताको अपेक्षा र नेपाली समाजको आजको आवश्यकता, सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रिया र समृद्धिको प्रक्रियाले तिब्रता प्राप्त गर्न सकेको छैन । गुणात्मक फड्कोको बिन्दुमा पुग्न बाँकी नै छ । त्यसकारणले आजको ऐतिहासिक आवश्यकता भनेको आर्थिक समृद्धिको प्रक्रिया, विकासको प्रक्रियालाई तिब्रता प्रदान गर्नु र फड्कोको बिन्दुमा पुर्‍याउनु हो ।’

उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको अभियानलाई कमजोर पार्न त्यत्तिकै प्रयत्न भइरहेको बताउनु भयो । उहाँले सुशासनको अभियानलाई कमजोर पार्ने अभियान सफल हुन नदिन सबै लाग्नुपर्ने बतानु भयो ।