२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको राष्ट्रिय कार्यभार नेपाली समाजको सामाजिक र आर्थिक रुपान्तरण: गृहमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको राष्ट्रिय कार्यभार नेपाली समाजको सामाजिक र आर्थिक रुपान्तरण रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित नेजा ग्रामिण उत्कृष्ट पत्रकारिता परस्कार—२०२३ पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली जनताको अपेक्षा,नेपाली समाजको आवश्यकता, सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रिया र समृद्धिको प्रक्रियाले तिब्रता प्राप्त गर्न नसकेको बताउनु भयो । उहाँले गुणात्मक फड्कोको बिन्दुमा पुग्न बाँकी रहेकाले सबैले मिलेर काम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले आजको ऐतिहासिक आवश्यकता भनेको आर्थिक समृद्धिको प्रक्रिया, विकासको प्रक्रियालाई तिब्रता प्रदान गर्नु र फड्कोको बिन्दुमा पुर्‍याउनु रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको राष्ट्रिय र केन्द्रिय कार्यभार भनेको नेपाली समाजको सामाजिक आर्थिक रुपान्तरण हो । आर्थिक विकास र समृद्धि हो । या राजनीतिक परिवर्तन भएपछि यस क्षेत्रमा केही पनि परिवर्तन भएको छैन त । आर्थिक विकास र समृद्धिको क्षेत्रमा ? केही न केही भएको छ । यो पनि त्यत्तिकै सत्य हो की यो ऐतिहासिक परिवर्तनमा अन्तर्निहीत निर्देश, नेपाली जनताको अपेक्षा र नेपाली समाजको आजको आवश्यकता, सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रिया र समृद्धिको प्रक्रियाले तिब्रता प्राप्त गर्न सकेको छैन । गुणात्मक फड्कोको बिन्दुमा पुग्न बाँकी नै छ । त्यसकारणले आजको ऐतिहासिक आवश्यकता भनेको आर्थिक समृद्धिको प्रक्रिया, विकासको प्रक्रियालाई तिब्रता प्रदान गर्नु र फड्कोको बिन्दुमा पुर्‍याउनु हो ।’

उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको अभियानलाई कमजोर पार्न त्यत्तिकै प्रयत्न भइरहेको बताउनु भयो । उहाँले सुशासनको अभियानलाई कमजोर पार्ने अभियान सफल हुन नदिन सबै लाग्नुपर्ने बतानु भयो ।