८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

इजरायलमा नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री साउद सहितको टोली प्रस्थान

इजरायलमा नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री साउद सहितको टोली प्रस्थान
अ अ+ अ-

काठमाडौँ । इजरायलमा हमासको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई ल्याउन नेपाल एयरलाइन्सको विमान आज बिहान ४ बजे त्यसतर्फ गएको छ ।

नेपाल एयरलाईन्सको वाइडबडी ए३३० जहाज बिहान त्यस तर्फ गएको छ । काठमाडौंबाट दुबई हुँदै तेल अभिभ पुग्ने र सोही रुट मार्फत बिमान काठमाडौं फर्कने योजना छ ।

जहाज काठमाडौंबाट उडेको १५ घण्टापछि नेपाल फर्कने छ । शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए ।

नेपाली राजदूतावासले सुरक्षित स्थानमा सर्न तथा नेपाल फर्कन चाहनेको विवरण अनलाइन रजिष्ट्रेसन प्रणालीमार्फत सङ्कलन गरिरहेको छ । हालसम्म तीन सय ५० भन्दा बढी नेपालीले विवरण उपलब्ध गराएका छन् । विवरण दिएकामध्ये दुई सय ८८ जनाभन्दा बढीले नेपाल फर्कन आबेदन दिएका छन् ।

इजरायलमा हाल दुई सय ६५ नेपाली विद्यार्थी अध्ययनरत छन् । उनीहरु इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ गएका हुन । यसमध्ये कृषि विश्वविद्यालयबाट एक सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ विद्यार्थी त्यहाँ गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ जना दक्षिण इजरायलको किबुज अलुमिममा अध्ययनरत थिए । इजरायलमा करिब चार हजार पाँच सय नेपाली विभिन्न पेसा र क्षेत्रमा कार्यरत रहेको तथ्याङ्क छ ।

हमासको आक्रमणबाट १० विद्यार्थीले ज्यान गुमाएका छन् भने चार जना घाइते भएका छन् । उनीहरुको हाल उपचार भइरहेको छ । घाइतेको उपचारको प्रबन्ध गर्न इजरायल सरकारसँग अनुरोध भएबमोजिम उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शव ल्याउन केही ढिलाइ हुने

इजरायली सरकारले युद्धको घोषणा गरेको अवस्थामा आक्रमणमा परी निधन भएकाको शव हस्तान्तरणको विभिन्न कानुनी प्रक्रिया रहेकाले नेपाली नागरिकको शव तत्काल ल्याउन ढिलाइ हुने भएको छ । शव परीक्षण हुन नसकेको र हस्तान्तरणसमेत नभएकाले आज राति इजरायलतर्फ जाने विमानमा शव ल्याउने सम्भावना छैन ।

परराष्ट्र प्रवक्ता सेवा लम्सालले भन्नुभयो, “सबै शव इजरायली सरकारको संरक्षणमा सुरक्षितरुपमा राखिएका छन् । शव यथासक्य छिटो नेपाल ल्याउने गरी आवश्यक समन्वय गरिरहेका छौँ । इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुने बित्तिकै शव नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने तयारी छ ।”