९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नुपर्छ: मन्त्री शर्मा

भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नुपर्छ: मन्त्री शर्मा
file photo
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नु जरुरी रहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री शर्माले भ्रष्टाचार रोक्नका लागि व्यक्तिको मानसिकता बदल्नु आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले सार्वजनिक लाभको पदमा बसेका व्यक्तिहरुको मानसिकताका कारण भ्रष्टाचार भइरहेको बताउनु भयो । उहाँले भ्रष्ट मानसिकतालाई बदल्ने कुरा नै अहिलेको प्रमुख चुनौति रहेको बताउनु भयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार रोक्ने नभइ कारबाहीको दायरामा ल्याउने कुरामा सबै स्पष्ट हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सबभन्दा पहिले हाम्रो माइण्ड सेट नै हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार रोकिदिने होइन । भ्रष्टाचार गरिसकेपछि यस्तो हुन्छ है, भन्ने कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको मान्छेलाई यसरी छोड्दैन । कारबाही गर्छ र ऊ कारबाहीको दायरामा पर्नुपर्छ भन्ने कुराको व्यवहारिक रुपमा पुष्टि गरिदिन्छ । त्यो भरपर्दो हुन्छ ।’

‘विश्वसनीय हुन्छ र अर्को व्यक्तिले गर्न सक्दैन भन्ने कुरा हो । न्युनिकरण हुन्छ भन्ने कुरा मात्रै हो । रोक्ने र न्युनिकरण गर्ने भन्ने कुरा त जो सार्वजनिक लाभको पदमा जान्छ उहीँ व्यक्तिको माइन्डसेटकै कुरा मुख्य कुरा हो । त्यसकारण माइन्डसेट बदल्ने कसरी हो त्यहीँ नै हाम्रो प्रमुख चुनौती छ । त्यो सँगसँगै कानूनहरु कार्यान्वयन गर्ने, प्रभावकारी बनाउने र अगाडी बढ्ने कुराले महत्वपूर्ण भुमिका राख्छ भन्ने म पनि ठान्दछु ।’

उहाँले मन्त्रिपरिषद्ले गर्ने सबै निर्णयहरुलाई नीतिगत निर्णयको रुपमा हेर्नु गलत भएको भन्दै यसलाई सच्याउनुपर्ने बताउनु भयो । मन्त्रिपरिषद्ले गरेका निर्णयहरु नीतिगत हुन् वा अन्य निर्णय हुन् भन्नेमा भेद छुट्याउनुपर्ने बताउनु भयो । मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयलाई ठोस र मूर्त गर्नु जरुरी रहेको उहाँले बताउनु भयो ।