२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलका लागि नेपाली राजदुतलाई तत्काल निलम्वन गर्नुपर्छ: सांसद साह



अ+ अ-

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले इजरायलका लागि नेपाली राजदुतलाई तत्काल निलम्वन गर्न माग गर्नुभएको छ ।

मंगलवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले इजरायलमा नेपाल सरकारको कुटनीतिक असफलता भएको बताउनु भयो । उहाँले कुटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन नसक्दा अहिले उद्धारमा ढिलाइ भइरहेको बताउनु भयो । उहाँले सरकारले भागबण्डा गरेर राजदुत नियुक्ति गर्नाले असक्षम राजदुत नियुक्ति हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘इजरायलमा नेपाल सरकारको कुटनीतिक असफलता हो यो । कतै न कतै कुटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन सकेनौँ । त्यो देश पहिलाबाट नै युद्धरत छ । ती दुवै पक्षबीच युद्धमा नै थियो । त्यहाँको राजदुत के गरेर बसेको थियो । मेरो सुझाव सरकारले त्यो राजदुतलाई निलम्वन गर्नुपर्छ । फिर्ता बोलाउनुपर्छ । त्यो एम्बेस्डरलाई त्यो ठाउँ कस्तो थियो थाहा हुनुपर्दथ्यो । बाहिरि कुरा देखाएर हुँदैन । सरकारले भागबण्डा गरेर राजदुत नियुक्ति गरेपछि यस्तै हुन्छ । सरकारले आत्मलोचित भएर क्षमा माग्नुपर्छ ।’

सांसद साहले इजरायलसँग कुटनीतिक असफलता व्यहोरेको भन्दै सरकारले आत्मालोचित हुनुपर्ने बताउनु भयो ।




भर्खरै