१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहद्वारा इजरायलमा रहेका नेपालीलाई फर्काउन सरकारसँग आग्रह



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा भएको युद्धमा परी १० नेपाली विद्यार्थीहरुको निधन भएको र अन्य कयौँ घाइते भएकामा दुख प्रकट गर्नुभएको छ ।

पूर्वाराजा शाहले  इजरायलमा रोजगारमा रहेका नेपालीहरु युद्धको चपेटाबाट रहेकामा गम्भीर चिन्ता लागेको उल्लेख गर्नुभएको छ ।

पूर्वराजा शाहले वियोग, वेदना र संकटको अवस्थामा उद्धार, उपचार गर्न र सबै नेपालीलाई स्वदेश फर्काउन तत्काल पहल गर्न पनि सरकारसँग आग्रह गरेका गर्नुभएको छ ।

पूर्वराजा शाहले आजको दुनियाँमा युद्ध र द्वन्द्वले कहिँ पनि राम्रो गर्दैन भन्ने मान्यता राख्दै आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनुपर्ने उल्लेख गर्नुभएको छ ।

पूर्वाराजा शाहको विज्ञप्ति: