२१ श्रावण २०८३, बिहीबार
,
Latest
पाकिस्तानी कारागारबाट रिहा भएका ३२५ जना अफगान कैदी बन्दी स्वदेश फिर्ता इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’ गण्डकीमा पर्यापर्यटनको नाममा साढे ३२ करोड खर्च, उपलब्धि न्यून राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडपर्व लक्षित काठमाडौं उपत्यकासहित देशभर सहुलियत पसल सञ्चालनमा



अ+ अ-

काठमाडौँ । सरकारले दशैँ, तिहार, छठ लगायत चाडपर्व लक्षित आइतबादेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

आईतवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशभरका चाडपर्व लक्षित सहुलियत पसलको औपचारिक उद्घाटन गर्नुभएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वागमती प्रदेशिक कार्यालय थापाथलीबाट मन्त्री रिजालले सहुलियत पसलको उद्घाटन गर्नुभयो । सरकारले हरेक वर्ष देशभरका विभिन्न क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सहुलियत पसलहरु सञ्चालन गर्छ । जसअनुसार यो वर्ष पनि सरकारले उपभोक्ताको सहजताका लागि काठमाडौं उपत्यका र बाहिर गरी ४९ बिक्री स्थल राखेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले मुलुक भरका ४३ जिल्लाका ४९ स्थानहरुबाट आजदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको बताउनु भयो ।

उहाँले सहुलियत पसलमा खाद्य वस्तुहरुका चामलमा प्रतिकेजी सात र खाने तेल लगायतका वस्तुहरुमा पनि ७ रुपैयाँ छुट दिएको बताउनु भयो । उहाँले कर्णालीका उत्पादन गेडागुडी, खसी बोका र भेडा च्याङ्ग्रामा प्रतिकेजी १० रुपैयाँका दरले छुट दिएको बताउनु भयो । उहाँले लोककल्याणकारी राज्य होस् भनेर सरकारले चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरेको १० वर्ष भएको बताउनु भयो । उहाँले सरकारले खाद्य वस्तुहरुको उपलब्धता सहज रुपमा बनाएको बताउनु भयो । उहाँले घुम्ति पसल पनि सञ्चालन गर्ने तयारीमा रहेको बताउनु भयो ।

काठमाडौं उत्यका भन्दा बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व र रुकुम पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला र महेन्द्रनगर खाद्य व्यवस्थाले सहुलियत पसल राखेको छ । सहुलियत पसलमा साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट पाइनेछ । सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुनेछन् ।