२१ श्रावण २०८३, बिहीबार
,
Latest
पाकिस्तानी कारागारबाट रिहा भएका ३२५ जना अफगान कैदी बन्दी स्वदेश फिर्ता इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’ गण्डकीमा पर्यापर्यटनको नाममा साढे ३२ करोड खर्च, उपलब्धि न्यून राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर धितो कर्जाको सीमा बढ्दा पनि घट्यो नेप्से परिसूचक



अ+ अ-

काठमाडौँ । शेयर धितो कर्जाको सीमा बढाउँदा पनि पुँजी बजारका लगानीकर्तामा उत्साह नदेखिएपछि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३५ दशमलव ६७ अङ्ले घटेको छ । पसिसूचक एक दशमलव ८२ प्रतिशतले घटेर एक हजार नौ सय २१ दशमलव २४ को बिन्दुमा कायम भएको हो ।

पुँजी बजारका लगानीकर्ताको मनोबल बढाउन भन्दै शेयर धितो कर्जासम्बन्धी व्यवस्था केही खुकुलो बनाइए पनि त्यसको सकारात्मक प्रभाव भने बजारमा देखिएन् । नेपाल राष्ट्र बैंकले गत बिहीबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको थियो ।

यसअघि शेयर धितो कर्जाका रुपमा समग्र वित्तीय प्रणालीबाट रू १२ करोड सम्मको मात्रै कर्जा पाउने व्यवस्था थियो । त्यसलाई बढाएर व्यक्तिको हकमा रू १५ करोड र संस्थाको हकमा रू २० करोड बनाइएको छ । शेयर धितो कर्जाको सीमा बढ्दा त्यसको सकारात्मक प्रभाव बजारमा देखिने अनुमान गरिएको थियो ।

आज दुई सय ८९ कम्पनीको ५८ लाख १५ हजार एक सय ८९ कित्ता शेयर ५९ हजार एक सय ७१ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८० करोड १७ लाख ६६ हजार दुई सय ९४ बराबरको कारोबार भएको छ । आज सबै समूहका उपसूचक घटेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह दुई दशमलव ७२ र होटल तथा पर्यटन समूह दुई दशमलव ३५ प्रतिशतले घटेको छन् ।

आजको कारोबारमा १६ वटा कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । सबैभन्दा धेरै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य नौ दशमलव ५९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र गरिमा डिबेन्चर– २०८५ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू छ करोड ७३ लाख ८१ हजार पाँच सय ६९ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सानिमा बैंक लिमिटेड प्रमोटर शेयर दुई लाख ५० हजार कित्ता खरिदबिक्री भएको छ । रासस