१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २ हजार मानिसको मृत्यु



अ+ अ-

एजेन्सी । अफगानिस्तानमा शनिबार राति ६।३ रेक्टरको शक्तिशाली भूकम्प गएको छ ।

शनिबार राति ११ बजे आएको भूकम्पले हेरात सहरबाट ४० किलोमिटर टाढाका धेरै गाउँहरू ध्वस्त पारेको छ । त्यसपछि पनि दर्जनौं पराकम्पन गएका थिए ।

एक जना तालिबानी प्रवक्तालाई उद्धृत गर्दै एपीले शनिबार बिहानसम्म मृतकको संख्या २ हजार पुगेको जनाएको छ । अहिले पनि कैयौं मानिसहरू भत्किएका घरमा च्यापिएका छन्। उनीहरूको उद्धारको प्रयास भइरहेको छ ।

भूकम्पमा परी मृत्यु भएकाहरूको शव संकलन गरी अस्पताल तथा सैनिक शिविरमा राखिएको छ।