१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २ हजार मानिसको मृत्यु



अ+ अ-

एजेन्सी । अफगानिस्तानमा शनिबार राति ६।३ रेक्टरको शक्तिशाली भूकम्प गएको छ ।

शनिबार राति ११ बजे आएको भूकम्पले हेरात सहरबाट ४० किलोमिटर टाढाका धेरै गाउँहरू ध्वस्त पारेको छ । त्यसपछि पनि दर्जनौं पराकम्पन गएका थिए ।

एक जना तालिबानी प्रवक्तालाई उद्धृत गर्दै एपीले शनिबार बिहानसम्म मृतकको संख्या २ हजार पुगेको जनाएको छ । अहिले पनि कैयौं मानिसहरू भत्किएका घरमा च्यापिएका छन्। उनीहरूको उद्धारको प्रयास भइरहेको छ ।

भूकम्पमा परी मृत्यु भएकाहरूको शव संकलन गरी अस्पताल तथा सैनिक शिविरमा राखिएको छ।