६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

सुरु भयो जितियाको कठोर निर्जल उपवास

सुरु भयो जितियाको कठोर निर्जल उपवास
फाईल फोटो
अ+ अ-

जलेश्वर । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको आज दोस्रो तथा मुख्य दिन बिहान ५ बजेदेखि कठोर निर्जल उपवास क्रम सुरु भएको छ ।

आज बिहान ४ बजे भगवान् जितुवाहनलाई दही, चिउरा, सख्खर, अमोट मिलाएर बनाइएको प्रसाद अर्पण गर्दै सोही प्रसादसँगै थप दही, चिउरा, सख्खर, चिन्नी, केरा, स्याउलगायत वस्तु ग्रहण गरेर (ओंगठन गरेर) सम्पूर्ण पुत्रवति मिथिलावासी महिला बिहान ५ बजेदेखि आउँदो ३०/३१ घण्टाका लागि निर्जल एवं निराहार उपवास बसेका छन् ।

नेपालको मिथिला क्षेत्र तथा भारतमा पनि जितिया पर्व’का अवसरमा हिजो नहा खा (नुहाएर खानु) भन्ने मान्यताअनुसार व्रत सुरु भएको थियो भने निर्जल र निराहार उपवास क्रम आज बिहान ५ बजेबाट सुरु भएको हो ।

व्रत बस्नुअघि बिहीबार व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ परिवारका सबै सदस्यलाई खुवाएर आफूले पनि खाएका थिए ।

त्यसैगरी आज (शुक्रबार) बिहान ५ बजेदेखि निराहार एवं निर्जल व्रत बसी भोलि ९शनिबार० बिहान साढे १० बजेपछि मात्रै व्रत सम्पन्न गर्ने जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताउनुभयो ।

तराई मधेसका प्राय मधेसी तथा थारु महिलाले मनाउने यस पर्वमा महोत्तरीका सयौँ व्रतालुले जिल्लाको विग्ही, रातो जंगहा, अंकुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गव सरोवरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गरिन्छ । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखा सन्तानलाई पनि लगाइन्छ ।

व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा ‘माछ मरुवा ९कोदो०’ भनिन्छ । व्रत बस्ने प्रत्येक महिलाले अनिवार्यरुपमा आज कोदो र माछा खाने गर्छन् ।

त्यसैगरी धार्मिक विधिपूर्वक आज बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाले ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्राय:जसो महिलाहरुले ओंगठनमा च्यूरा र दही खाने गरेको पाइन्छ । त्यसपछि सुरु हुन्छ विकट उपवासको क्रम ।

आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रत कठोर खालको रहेको जलेश्वर नगरपालिका–८ पण्डित कालिकान्त झाले बताउनुभयो ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व छ । यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक धु्रव रायले भन्नुभयो, “यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ ।” पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफँैले दिवङ्गत पितृलाई तर्पण दिन्छन् ।

मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा लिइन्छ । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजानै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकीले पौराणिक कालदेखि यो व्रत सुरु भएको कथन छ ।

जीवनमा एक पटक टुटेपछि पुन: गर्न नपाइने हुँदा प्राय महिलाले यो व्रत लिँदैनन् तर मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले यो व्रत लिने गगर्छन्। आज मुख्य उपवासको दिन भएकाले महिलाले आजका दिनलाई निकै महत्व दिनका साथै भोलि व्रत सम्पन्न नहुञ्जलेसम्म निकै सतर्कता अपनाइन्छ । रासस