• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ: मन्त्री श्रेष्ठ ★   बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल ★   एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत: सबै मन्त्रालय कार्यभार प्रधानमन्त्री प्रचण्डलाई ★   मनसुन भित्रिएको २५ दिनमा नेपालमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति ★   अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर ★   बाढी प्रभावित भन्छन्: ‘अब हाम्रा दु:खका दिन सुरु भए’ ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने ★   नेता/कार्यकर्ताको सुझावअनुसार सर्वसहमतिबाट नेतृत्व चयन हुन्छ: सचिव श्रेष्ठ ★   निर्वाचन आयुक्त नियुक्ति : सुनुवाइ समितिले थप विमर्श गर्ने ★   सहमतिबाटै नेतृत्व चयन हुन्छ: अध्यक्ष नेपाल

एसियाली खेलकुद: एथलेटिक्समा नेपालको चुनौती समाप्त



काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा नेपाललको चुनौती समाप्त भएको छ ।

एथलेटिक्सको म्याराथनमा नेपालबाट समान १–१ पुरुषरमहिला खेलाडीले आज प्रतिस्पर्धा गरेका थिए । योसँगै एथलेटिक्समा नेपालको चुनौती समाप्त भएको हो ।

नेपालबाट पुरुषमा राजन रोकाया र महिलामा पुष्प भण्डारी दौडेका थिए । पुरुषमा राजन समग्रमा १४औँ स्थानमा रहे । उनले निर्धारित दूरी पूरा गर्न दुई घण्टा २३ मिनेट १७ सेकेन्ड समय खर्चे । १८ खेलाडी सहभागी भएकोमा साउदी अरबीया र किर्गिस्तानका खेलाडीले दौड पूरा गरेनन् । चीनका जि हेले दुई घण्टा १३ मिनेट ०२ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जितेका हुन् ।

त्यस्तै महिलामा पुष्पाले निर्धारित दूरी तीन घण्टा ०२ मिनेट ३७ सेकेन्डमा सकाइन् । १७ खेलाडी सहभागी दौडमा पुष्पाले १६औँ स्थानमा दौड टुङ्गाइन् । बहराइनकी जिसा मोकानिन् डेसीले दौड पूरा गर्न सकिनन् ।

बहराइनकै पाउल छुम्बा युनिस छेबिचीले पहिलो स्थान हात पारिन् । उनले निर्धारित दुरी दुई घण्टा २६ मिनेट १४ सेकेन्डको समय खर्चँदै स्वर्ण जितेकी हुन् । रासस