२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप २०२३: इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै, यस्तो छ ‘हेड टु हेड’ र मौसम अपडेट



England’s Ben Stokes plays a reverse sweep off the bowling of New Zealand’s Glenn Phillips during the One Day International cricket match between England and New Zealand at The Oval cricket ground in London, Wednesday, Sept. 13, 2023.
अ+ अ-

काठमाडौँ । १३ औं संस्करणको आइसिसी विश्वकप २०२३ को उद्धघाटन खेलमा साविक विजेता इंग्ल्यान्ड र उपविजेता न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

भारतको नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुन लागेको खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजेबाट सुरु हुनेछ ।

इंग्ल्यान्डको जस बटलरले गर्नेछन् भने न्युजिल्यान्डको कप्तानी टम लाथमले गर्नेछन् । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले घुँडाको चोटको कारण आजको खेल गुमाउनेछन् । त्यसैले लाथमले नेतृत्व सम्हाल्नेछन् ।

२०१९ को विश्वकपमा इंग्ल्यान्डले नाटकिय रुपमा न्युजिल्यान्डलाई हराएको थियो । सुपर ओभर पनि टाई भएपछि इंग्ल्यान्डले चौका र छक्का बढी प्रहार गरेको आधारमा न्युजिल्यान्डलाई पछि पार्दै उपाधि जितेको थियो । न्युजिल्यान्ड आज उक्त खेलको बदला लिन चाहन्छ ।

हेड टु हेड
एकदिवसीय क्रिकेटमा हालसम्म इङ्ल्यान्ड र न्युजिल्याण्डबीच कुल ९५ खेल भएका छन् । जसमा इंग्ल्याण्डले ४५ खेल जितेको छ भने न्युजिल्यान्डले ४४ जितेको छ । दुई टोलीबीचको दुई पटकको खेल बराबरीमा टुंगिएको थियो भने चार खेलको नतिजा निस्केको थियो ।

पिच रिपोर्ट
नरेन्द्र मोदी स्टेडियम एक ब्याटिङ अनुकूल भएको मैदान हो । जहाँ ब्याट्सम्यानहरूले सजिलै रन बनाउन सकिने अपेक्षा गरिएको छ। यस मैदानमा पेसरहरूले खेलको उत्तरार्धमा केही मद्दत पाउन सक्छन् भने मध्य ओभरहरूमा स्पिनरहरू काममा आउन सक्छन्।

मौसम अपडेट
खेल भारतीय समय अनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ । अहमदाबादमा खेलको अगाडि बिहान मात्रै २० प्रतिशत वर्षाको सम्भावना छ, तर खेल सुरु भएपछि कुनै पनि वर्षा नहुने बताईएको छ । तापक्रम दिउँसो मध्य ३० सेल्सियस सम्म हुनेछ र साँझमा क्रमश: घट्दै जानेछ।

इंग्ल्यान्डको सम्भावित प्लेइङ इलेवन
जेई रुट, एचसी ब्रुक, बेन स्टोक्स, एसएम कुरान, एमएम अली, एलएस लिभिङस्टोन, जेएम बेयरस्टो, जोस बटलर (कप्तान), एयू राशिद, मार्क वुड, आरजेडब्लू टोपले ।

न्यूजील्याण्डको सम्भावित प्लेइङ इलेवन:
डेभोन कोनवे, डब्ल्यूए योंग, डीजे मिचेल, मिचेल सान्टनर, रचिन रविन्द्र, टम लाथम (कप्तान), ग्लेन फिलिप्स, ट्रेन्ट बोल्ट, एलएच फर्ग्युसन, एमजे हेनरी, इश सोधी ।